[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226173 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-09-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुलि, के छ ? लञ्चमा के खायौ त ?
 
Posted on 07-09-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chana dai luncha khako chaina .

where is our Poonte da, birkhe da?
 
Posted on 07-09-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

m going home :D
 
Posted on 07-09-07 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैजनालाई धेरै धेरै धन्यवाद!

हरितालिके: के छ ब्रो खबर? आजकाल कस्तो चल्दैछ गल्फ सल्फ?

ठुली: सन्चै छौ? तिमी सङ मैले बोलिन रे? हत्तेरी!! के के भन्छ के के! तिमी सङ नि बोल्दिन त म?

भउते: भउते- भाँड रे! लौ दाजु भाई मिलेर पिऔँ जाँड। पून्टे दाईले नि जितिहालेछन् चुनाउ! फर्जी भोट हाल्न नि जानुपरेन क्यारे!

राहुलदाई: हिलो ले ढिलो भएपछि यसो एउटा रसिलो कविता वा हँसिली सविता राख्नुपर्यो, तारेमाम्!

सान्नानी: सन्चै छौ?

दुर्गेसोरी जी: मिठा मिठा खानेकुरा का फोटाहरुपनि हेर्न नपाइने भयो हैन हामीले? सबैजनाले चाख्ने अवसर पाइसकेछन्

चित्रे: के छ बाबु हालखबर? च्यान्टीको खबर के छ? च्यान्टीकै गाममा बस्ने गर्या हैन? :-)

चना ब्रो: लन्च हान्दिसकेको हो ब्रो ले? आम्बो! के खायो हौ हामीलाईपनि भन्नु न। :पि
 
Posted on 07-09-07 1:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति चाँडै चौतारी सुनसान् भए छ,
दाइजो कस्ले बोक्ने? तानातान् भए छ।
तारेमाम्
 
Posted on 07-09-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ र चनादाइलाइ नि नमस्ते!

कुम्ले, मेरो गाममा च्यान्टा च्यान्टीहरू त थुप्रै छन् नि, कुन चाहीं च्यान्टीको कुरा गरेको?

म्याउँ म्याउँ बिरालो यतातिर आऊ
मेरो नाना काटीदिन मूसा जति खाऊ!

आज मैले हरीको जासूसी गरें, लु हेरम्!

 
Posted on 07-09-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो सुन्नु मनमा गुन्नु, दिउसै घाम अस्तायो चौतारी आज चाँडै सुस्तायो, कस्को आँखा लाग्यो, चौतारी दिउसै पाखा लाग्यो, आँफु त एक्लै आइन्छ कोहि नभेटे गएर गौशालाको म:म: खाइन्छ,
एक दुइ खोक्स हानौ, बसेर चिलिम तानौ,
तारेमाम्!
 
Posted on 07-09-07 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोझो कुम्लेको नि अक्कल आएछ,
राहुलभाइको स्टाइल नक्कल मारेछ।
तारेमाम्।
 
Posted on 07-09-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल चित्रे, मेरो जासुसी गरेको रे! फोटो चैं नेगेटिभ राखेछ, म यस्तो गहूँगोरो मान्छेको फोटो कस्तो आ'को हेत्तेरिका!!

कुम्सपाट, भाँडसँग बसेर जाँड खानत खुब मजा हुन्छ नि, मलाई नि नबिर्स है!! टन्न जाँड खाएर मान्छे गन्ने अनि कसैलाई बिर्सिन्न, नभए त एकजाना कम आउँछ रे।

लु म त काममा जुट्यो, टाउको फुट्यो, तारेमाम्!
 
Posted on 07-09-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! अचेल राहुलदाइको नक्कल गर्ने अक्कल भएकाहरूले त वास्तविक मान्छे भन्दा नि ओरिजिनल ईस्टाइल निकाल्दा रैछन्।

हरी, त्यो फोटू मैले तिम्रो अपिसको झ्यालमा चढेर हतारमा खिचेकोले यान्टी-लाइट भएछ, त्यसैले त्यो के जाति सिलौटा (silhouette) मात्र आएछ। अब अर्कोपाली राम्ररी खिच्नुपर्ला, अनि ङिच्च दाँत देखाएको नि फोटूमा निकाल्दिम्ला है!
 
Posted on 07-09-07 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकोटा गजल को टुक्रा सजल भएछ। ( शिरिष गुरु ले मार्ला फेरि)

पुज्दै गर्दा ढुंगा पनि देउतै हुंदो रैछ,
बुझ्दै जांदा दुइ मुटु एउटै हुंदो रैछ।
 
Posted on 07-09-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन कता ला हुन सप्पै?
 
Posted on 07-09-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब घर् जाम्, हरि। कोइ छैनन् वरि परि ।
तारेमाम्।
 
Posted on 07-09-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye la gotayen ko kura ni bujiyo. munchhe ni chaini ramra rachan hai. blog hoki slog ni banaraichan ganthe. La je bhani ramrai kam arechhau. keep that up guru.

ye gotayen! haina tyo sire moro ra kaka kata mare? ye so meso pachhau bhane sutukka bijuli patrama bheni khussa pathauta. haita kura tei bhao.
 
Posted on 07-09-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुइयssss! क्यर्दै छौ भुराभुरि हो???

लु फेरि नि गजपको चौतारि बनाएछौ कुम्ले फलोस फुलोस राउँरो जो होस! हन कति राउँरो हो साँच्चि तो चौतारिओ चित्र!!

सोमबारे जदौ!

 
Posted on 07-09-07 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन लाले क्यारिँदै छ? कता हराइया हो यतिका दिन? सन्चै त हो?
 
Posted on 07-09-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले जति वटा चौतारी बनायो, जिन्दगीमा त्यत्ति नै वटा घर बनियोस् । जति जना यो चौतारीमा बसे त्यति नै जना सन्तान् होस् ।
जय कुम्ले, जय चौतारी, जय साझा
 
Posted on 07-09-07 7:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आख्खा कस्तो राम्रो चौतारी , कस्ले बनाको हो ?
 
Posted on 07-09-07 9:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-09-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बीर्खे कता हुनु तिम्लाई मेसो छदै छनी। बोरु कुरो के परो भने अली बुडो भइएचकी क्याओ, आचल ऊबेलाका दम्तरिहुर तेति देख्दिन, खै बीमारि सिमारि परेचन्कि कुन्नि। आचल तेस्तो गफ गाफ्नि हुन्न केरे। येसो झुल्को हा टा गर्यो हिन्यो। तिम्रो के छ? जाआन केटाटी क्यारिचन। लसुनको छोप र कोदाआ रोटि नखाकोनि धेरै भओतनि, येसो मिलार तिम्रांतिर आम्ला भनेकोनि तेस्तै भओ क्यारचौ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters