[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226212 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-12-07 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु,तारेमाम।
ठुलि, चिया खायो त?
 
Posted on 07-12-07 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहिबारे जदौ!

हाsssई...
रातभरि चाइन्जो घुरि घुरि सुतेर अइले चाइन्जो काममा आइपुउदा नि बटारिएर निद्रा लाउछ गाँठे! दशा लाओ भने निद्रा लाउछ भन्ते अगेर, के हुन ला हो कुन्नि!
 
Posted on 07-12-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हौ ठुली, ठुल्दाइ?

जनताहरु कता लाएचन आज?

मदनवाको हेल्थ पोष्टाँ पनि चापाचाप छ जस्तो छ नि, कोई कविता वबिता सुनाईलिउ यार!
 
Posted on 07-12-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मामाश्री, दर्शन गरें है! देख्दै नदेखीराको!

ज्यानलाई आरामै छ? खओई ट्याम मिलार मामाघर तिर आम्ला भनेको! आएँ भने त गोडा आठेक धार्नी जतिको खसी छिनाल्नु पर्छ है!


 
Posted on 07-12-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो भान्जो!
आरामै छ भन्नु परो! यि पाँसुल्ला र फिला बटारिना छाड्दैनन् अरु त ठिकै छ भनुम अब!
तिमि आयौ भन्देखुन त छिनाल्न परिहालो नि गाँठे! तेइ नि अस्ति भर्खर दियालि पुजामा ढाल्या बोकोको सुकुटि चाइँ तिमि आउँछौ भनेर बाँकि राख्या छ मामा भान्जा मिलेर चाइन्जो तिनापने सित चपाम्ला, म गिजाले चपाम्ला तिमि बङ्गारा चलाउनु!
 
Posted on 07-12-07 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshak brind tapaiharu herdai hunuhunchha chautari TV channel 93 marfat "tapaikai farmaish hamro prastuti" karyakram yo sannani ko saathma.

aajako prastuti ko lagi farmaishkarta haru hunuhunchha---
uptown bata thuli,
gayab town bata dada, miste ra titauri,

chautari syanga bata jimmal ra masterni,
momo puri bata rahul, chana, nepchi ra durgi

bhanuchok dharan bata gwachu, nishe, hari
bara bata myaad ansari, amir ansari, fakir ansari

patan bata chitre,
uttari amrikharka bata name,

kendada bata bhaute,
goshwara biratnagar bata kumle,

chipledhunga bata chiple,
ra japan tokyo bata galab ra gotame

..............
 
Posted on 07-12-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

prastuti ke hola aajko pls guess------
 
Posted on 07-12-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठूली, हरी, जिम्मी बूढा, सान्नानी के छ?

हा हा! सान्नानीले आज ईन्टरेस्टिउ प्रस्तुति गर्न लागेको जस्तो छ। ल गरम् गरम्
 
Posted on 07-12-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हतारमा लेखियो, राहुलदाइलाइ भुलियो, तारेमाम्!

तारेमाम है राहुलदाइ!

प्रस्तुति चैं गाना बजाना त होला नि सान्नानी!
 
Posted on 07-12-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

awwwwwwwww sannani u too LOL. chicken dance ho sananai
 
Posted on 07-12-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको प्रस्तुति के हो छिटो चाईयो!!
 
Posted on 07-12-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै जना भेला भएछ, म चाहिं अबेला भएछ। तारेमाम्।
पल्लोगाम् घुम्न गएको, रजनीतिमा पोलितिउस् घुसेको रैछ। एक दिएं मैले नि। अस्ति देखि हात चिलाएको, आज बल्ल मौका मिलाएको। तारेमाम्,।
 
Posted on 07-12-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hari timlai chicken dance garna aau cha
 
Posted on 07-12-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिकेन डान्स चै हैन, दारुसँग चिकेन खाएर डान्स गर्न चै खप्पीस

खोई, सान्नानीको chautari TV channel 93 के भो? फूलचोकीको टावर बन्द भा हो क्या हो?
 
Posted on 07-12-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सान्नानी नि ब्यस्त भा जस्तो छ। ल म यौटा 'गामको गेम' बनाउँछु, मान्छेहरू र गामहरू छुट्टा छुट्टै राख्छु, तपाइहरूले म्याच गर्नुपर्नेछ। सबै मिलाउने पहिलो गाम्लेलाइ पुरस्कारको व्यवस्था छ।

मान्छेहरू:-
भौते, जिम्मी बूढा, ह्यारी पोट्टर, राहुलदाइ, चनादाइ, ठूली, ग्वाँचे, कुम्ले, पून्टेदाइ, चित्रे, गालब, तिरू।

गामहरू:-
मायालु गाम, नयाँ ओक्रे, ओखलढुंगा, दुम्सी गाम, जापून गाम, फूलरिडा, फिला दे फिया, भट्टे गाम, कन्नीडाँडा, सान्फ्रे गाम, जरामुनी, टेउसाउ।

उदाहरण:-
कुम्ले ------ फूलरिडा

ल यसरी मिलाम्।
 
Posted on 07-12-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshak brind bharkharai studio ma thap farmaish aaeko chha, ukta farmaish karta haruko apasmai tuppi ra chultho tanatan le garda dhila bhaeko kura wahaharule hamro sawaddatalai bataunu bhaeko kura yahaharulai jankari garauna chahanchhau....
wahaharu hunuhunchha naya basti bata poonte ra unknown basti bata mailnani
 
Posted on 07-12-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मिलेन, पूण्टेदाइको टुप्पी कसरी तान्ने??
 
Posted on 07-12-07 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ya poonte da ko tuppi nai chaina
 
Posted on 07-12-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौत े------ कन्नीडाँडा,
जिम्मी बूढा ------ टेउसाउ,
ह्यारी पोट्टर ------ मायालु गाम,
राहुलदाइ ------ फिला दे फिया,
चनादाइ ------ ओखलढुंगा,
ठूली ------ दुम्सी गाम,
ग्वाँचे ------ जरामुनी,
कुम्ले ------ फूलरिडा,
पून्टेदाइ ------ नयाँ ओक्र,
चित्रे ------ भट्टे गाम,
गालब ------ जापून गाम,
तिरू ------ सान्फ्रे गाम,
 
Posted on 07-12-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, त्यसमा दुइटा गल्ती भए, फेरी टराइ मारूम्, या अरू कसैले नि गर्न सक्नुहुन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters