[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 227137 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-16-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत गर्नी सब्बै गाम्लेलाइ एकमुठो धन्यापात ।
जिम्माल बा फिरि उरेन्टेउला भन्दिनी । म त भद्र भलाद्मी उरेनठेउला अन्तरै हो
 
Posted on 07-16-07 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर बिर्खे दा हजुर ले भने झै दाहिने नाक मi टिलिक्क टल्का'र नै फुली लगाम्ल नि।

अनी हाम्रो आन्तरे दाई लाई नि धन्यवाद।
 
Posted on 07-16-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आकासेलाइ चै स्वगत गर्नै बिर्सेचु। लु माफ पाम हजुर। यो थुलि को तर्फ बात नि हजुर लाइ हाम्रो चौतरिमा स्वगत च।
 
Posted on 07-16-07 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल ! नाक दाहिने र देब्रे ।
जिम्माल बा आखिभाँ माथि लाउने भए मैले एउडो पाम अब नाकाँ लाउन भएन के रे ।
ठुलनानि धन्या मुठो अघिनै पठाहुम तेइ लिबक्सयोस हजुरले
 
Posted on 07-16-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिबक्सयोस
 
Posted on 07-16-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-16-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आकासे के भो। पहिलो चोति मलाइ कसैले येस्तो रेस्पेक्त् गरेर बोलेको भरम त्वा परेको के।
 
Posted on 07-16-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशेले कुरो अर्छ मजाको! हे हे हे तो नाकको दाहिने पोरामा लाम्ने भनेको मैले!

हे हे हे 'लिबक्स्योस' रे! राउँरो बोलि बचन रेछ आकाशेको तेति उरन्ठेउलो हैन जस्तो छ केटो!
अब मलाई जिम्माल 'बा" भन्छ तेसइले ठुलिलाई 'बक्स्योस' लाएको होला मोराले! अब 'बा' को बहिनी त फुपु परिन नि त! ठुलि फुपु
 
Posted on 07-16-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la mero ni swagat naya aaunu hune sabailai.

e jimmal baa ke kura garya testo? nakko debre ma po laaune ho ta fuli ta dahine ma re?
 
Posted on 07-16-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाअ, जिमालबा को कुरा नि मनासिब नै लाग्यो, ठुली फुपुलाई बक्सियोस भन्नै परो।
अब आकासे ले पनो आफ्नो नालेबेलि दिनु क्या रे, न भए फेरि चित्रे जासुस् ले चाहिने न चाहिने सब पत्त लागाई चौतारिमा सार्बजनिक गरिदिन्छ। बरु आफ्नै नाम् गाम् काम् अनि जे जति भन्नु छ भनी हालम् क्या रे।
 
Posted on 07-16-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि फुपु

सान्ननि के च तिम्रो हाल चाल। अनि हाम्रि चोरि कस्ति चिन त।
 
Posted on 07-16-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तारेमाम्, अर्णा नानीलाई सन्चै होला भन्ने मानेचु, आमा सन्चै त छोरि पनि न हुने कुरै छैन। २५ बर्षे अनुभव हो।
अनि ठुलीले फुली जता लाए नि फरक् पर्ली त? तारेमाम्।
 
Posted on 07-16-07 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानि! क्यार्दै छौ बा? सपै बेशै होला के रे? तो केटाकेटि देखुन नै लगाम्नेहरुले देब्रेमा लाम्छन के अरुले दाहिने मा :P
अनि भन? भात कतिको रुच्छ तिमलाई? सानि नातिनी को स्वास्थे कस्तो छ? तिउँरो कस्तो छ? कति पाउन्डकि भइन नातिनी अइले? कत्तिको हाँस्छे? कत्तिको रुन्छे? कत्तिको दुख दिन्छे? नढाँटि भन त लु तो के जाति डाइपर च्यान्ज तिम्ले अर्छौ कि ज्वाइँलाइ लगाम्छौ? :P अनि तिउँरो हजुरबा बुडा क्यार्दैछन? बुडाले टाटे सिमि लगा' थे बारिमा कत्तिको फलो यसपालि? पानी कत्तिको पर्दै छ? आज थाङ्गना सुकायौ? के तिउन खान्छौ तेतातिर तिमेरु? हाउँरो तिर त कि फर्सिको मुन्टा र आलु कि आलु त फर्सिको मुन्टा! अरु केइ छैन बारिमा! खाए खा नखाए घिच भनेओ जस्तो छ नारन!
हरिशरणम्!!
 
Posted on 07-16-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा पाल्नु हुने सबैमा यो रिट्ठेको न्यानो अभिवादन ! आफु त काममा ब्यस्त भको मौका पारेर थुप्रै थुप्रै बटुवाहरू चौतारीमा आयीसक्नु भएछ लौ न नि, बिर्खे माइलाले त हाम्लाई अल्लारे अरे हौ साह्रै चित्त दुख्यो नि। फेरी पनि मेरो केही गुनासो छैन-------अनी uptowngal को नाक मl फुली भन्छन सबैले कहाँ बाट देखे हौ। हाम्ले त केही देख्दैनौ। अनी अiज को चौतारीमा ताजा ताजा के छ कुन्नी। लेख्दै गरौ है गाउले हरू। माया न मारौ। जधौ बिष्ट।
 
Posted on 07-16-07 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रित्थे लु हजुरलाइ नि चौतारिमा धिलै भएनि स्वागत च। यहा त सबै मलाइ थुलि भनेर बोलाउचन। नाका फुलि चै लगाइ सकेको चुइन। अब येस् पालि हाम्रा बिर्खे दा ले भाइतिका एुत हिराको तलक्क तल्किने फुलि गिफ्त् दिनेर।
 
Posted on 07-16-07 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

. :O:O हिराको रे :O
हे हे हे " आफैँ त ठुल्दाई रामाराम कसले भन्ने तारेमाम्!"
अब हेरि चाइन्जो हिराकै किना चाहियो र ठुलि, अब तिमी त आफैँ हिरा जस्ति छौ, सुन, चाँदि यहाँ सम्म कि फलाम कै फुलि लाए नि हिरा जस्तो देखिन्छ नि :)
 
Posted on 07-16-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूलै फूल मात्र पनि हैन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन

फेरि पनि सोमबारे जदौ यो बिर्खे माइलाको

 
Posted on 07-16-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, अब तिमी त आफैँ हिरा जस्ति छौ ohhhhhhhhhhhhhh so chweet muahhhhhhhhhhhhhhhhhhhhhh birkhe dadu
 
Posted on 07-16-07 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्री ठुलिलाई फुली लाउने साह्रै रहर लागेछ क्यार। लौ न अब त केही गरौ !
एउटा फुली उपहार किनेर दिनु परो भन्या बिर्खे दाई । हैन भने हामी पनि सन्सदमा आवाज उठाउछौ । तेत्ती ले पुगेन भने छान बिन समिती गठन गर्नु परे नि पछाडि पर्दौन । कसो गाउँलेहरू?
 
Posted on 07-16-07 11:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ई जिम्माल् बा त छट्टु रैचन् है सारै येक्कै पालि मा ठम्म्याये गाँठे। बरु पसिना पुछ्न फुकाल्या भेर ढाका टोपी र रे ब्यान् को चेस्मा चै भन्न भुलेचन्। (लौ मार्यो यो ट्याग् कि के जाती त फुकाल्नै बिर्सेचु लाजै हुने भो)

मुइले त सुन्तली लाइ त्येइ बेलाँ झ्याँ इ पार्या के त जिम्माल् बा बरु बा ले कम्ता उछितो काढया थियेनौ मेरो उती बेला। बुढेस् कालाँ के भाथ्यो कुन्नि बा लाइ

अनि आर्को कुरा चाइनि बस्दा बाहेक् अरु बेला त सिधा सोझै हो है म जिम्माल् बा लप्पन् छप्पन् नजान्ने सोझो अन्तरे


अनि उरन्ठेउलो हैन आकाशे बरु हाताँ ठेउला चाँहि उठिसके यो नेपालीयाँ टायप् गर्न न आर
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters