[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226143 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-12-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्मायसी गीतको कुरो गर्दा सबभन्दा बढी सुनिने नाम होला( कि मलाई तेस्तो ला हो), बिरगँज घण्टाघरबाट फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी। जतिखेरको कार्यक्रममा पनि जुन गीतमा पनि आईहाल्ने, अझै कण्ठै छ।
 
Posted on 07-12-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are exactly right hari.
Your memory power is appreciable.
 
Posted on 07-12-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न त सम्झिनु
न तर बिर्सिनु
दोधारमा भयो कल्पनु

बिहिबारे जदौ यो बिर्खे माइलाको
 
Posted on 07-12-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree with Hari. Also, Makwanpur Hatkhola (?) bata KANCHHA LAMA/KANCHHI LAMA
 
Posted on 07-12-07 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइत भने जहाजमा सरर
कोइत भने पसिना तरर
हाम्रो नेपालमा
कोइत भने पसिना तरर
कोइत भने पसिना तरर
हाम्रो नेपालमा

फेरी पनि जदौ यो बिर्खे माइलाको!!!
 
Posted on 07-12-07 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोइको गर्लफ्रेन्ड कुर्थामा पर पर
कोइको गर्लफ्रेन्ड सकर्टमा वर वर
हाम्रो नेपालमा
कोइत भने नगरकोट सरर
कोइको घरमा बाह्रै मास पहरा
हाम्रो नेपालमा

 
Posted on 07-12-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bela na kubela, baji nayelaa:):)

mero kuro ni tei ukhan jasto bhayo lu bhage hai ma :)
aba ma newaree sikdai chhu ke rahuldai sanga
 
Posted on 07-12-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuldai, kumle, durgi bhauju lai dhanyabaad.
durgi bhauju chhori dedh mahina ki bhai. hajurka fuchchiharuka ni photo dekhaunu na.

"बिरगँज घण्टाघरबाट फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी।"
ho ta hari tei nam samjhida samjhida naaera malai "myaad bhaiya ko nam myad ansari ra aru ansari jodeko maile .. hawari po ta hai kasto nasamjhya aghi la..
 
Posted on 07-12-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न भाग्नुस् भो बिस्तारै जानुस् है । फेरी बाटोमा लोटिएला
रिडिओ चाँही बोक्न नभुल्नु होला । भरे फेरी मेरो नाम छुटाएच बज्जियाले भन्नु होला
 
Posted on 07-12-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्माइस गीतमा अत्याधिक नाम् बज्नेमा, हालका चर्चित गीतकार् सुभास् चन्द्र ढुङ्गेल- भक्तपुर कटुन्जेबाट। ओखलढुङ्गा सेर्नाबाट्, परसुराम भट्टराइ।
मरु ढोकाटोलबाट्, तरि बाबु, चिरि बाबु।
 
Posted on 07-12-07 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, छोरीको फोटो बल्ल बल्ल हेर्न पाइयो, धन्यवाद।

जिम्मालबाले हँसाए सान्नानीलाई फुन हानेर।

हरि, त्यो बिरगंजका हवारीहरुको टोल घण्टाघर हैन गहवा भनेको जस्तो लाग्छ।
नागधारा कालिङ्पोङ्बाट अनुमा राइ अर्को सुनिने नाम थियो। त्यो मोरी कस्ती होली भन्ने जिज्ञासा हुन्थ्यो सधैं मलाई।
मकवानपुर करौजे(?) बाट विचारमान र काजिमानको नाम पनि सुनिन्थ्यो प्रसस्तै।
२०५० अघिका कुरा हुन् यिनिहरु। त्यसपछि त आफू मुग्लान भास्सिएँ, अनी के भो थाहा छैन।
 
Posted on 07-12-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो जमाना भन्नाले २०३४ देखि ४२ सम्म भन्ने जनाउदछ, सबैलाई चेतना भया। रेडियोम फर्माइस गीत सुन्ने नि ३० बर्षे अनुभव। तारेमाम्।
 
Posted on 07-12-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ! आज त नातिनीको दर्शन पाइयो। कस्ती लाम्म्ली नातिनी, याहुउउउउउउउउउउउउउउउउउउउउउउउ ! !

आखिर नातिनी कस्को।

भान्जी-नानी धेरै धेरै धन्यबाद है, नातिनीको दर्शन दिलाएकोमा।

सबैलाई जदौ छ यो बाङ्गो भउतेको।



 
Posted on 07-12-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म त ढिलो भएछु, काम परेर।

सान्नानी, कत्ति हिस्सी परेकी भान्जी! फोटू देखाउनुभाकोमा धन्यवाद!

जिम्मी बूढाले खूब हँसाएछन्।

अरू सबैमा जदौ!
 
Posted on 07-12-07 3:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे सोमले तारेमाम् भन्न बिर्से छ, काम् र जाम ले भन्न बिर्से छ, तारेमाम्।
 
Posted on 07-12-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K ६ गाम्ले हो?
 
Posted on 07-12-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी, कस्ती राम्री हिस्सि परेकि हौ आर्णा त,


फर्माइस कार्जेक्रम नि सुनियो के रे, बिर्खे जिम्माल बाले फुन पा'र फुनाँ डेढि खेत अरेओ नि सुनियो के रे । ह्याँ चौतारिआ त्यस्तो ज्यानदार गीत गाउनि मन्छे ले कस्तो पुरानो गीत डेढिखेत अरेओ ?? तो ता तिउँरै जिम्मालनिलै मात्रै काम लाउछ ।



को हो त्यो जसले मलाइ मोहनि लगायो
कसले आज मनमा मेरो खलबलि मचायो
कसैले सोधिदेउ मेरि मायालुलाइ
कसैले भनिदेउ मेरि मायालुलाइ
---------------------

माथि -------- भएको ठाममा खाली ठाम भर है गाम्ले हो ।
 
Posted on 07-12-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा!
सारै हसाम्ने यि जिम्माल बा त
सान्नानि म पनि टासम्ला भुरिहरुको फुटो
 
Posted on 07-12-07 5:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हासखेल गर्दैमा रेल छुट्ला, तय्सैले तारेमाम्।
 
Posted on 07-12-07 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भान्जी महारानीलाई दर्शन गरें। गोटा एक तोला आनाको असुर्फी टक्र्याएं। mmmmmmmmmuahhhhhhh! सान्बुईनी नि आर्ना जस्तै क्युट हुन्? कि ज्वाईं साप तिर ग'र तेस्ती क्युट भ'कि हुन् नानी? :p

बुढेसकालाँ ले बैंश चढ्या हो जिम्मालेलै फिरि? दिनहुँ खोकेको खोकेई छ त नि, गाँठे! तिनको कुरो सुनेसि त हाँरो नि कपाल बुरुरु उम्रेला झैं लाउनि। जवानीआँ लाटोले केरा हे-या झैं अरि बसेउ के रे, बुढा, अब यो उमेराँ त जत्ति बर्बराएनि कुन तरुणीले सुन्नि हो खै?

दुर्गी माता हुजुर! हउरको गाम तिर त पईले पईले खुब आईन्थो। कलेज उतै जान्थिम् के रे, हउताको ३ दिन बसाईं उतै गरिन्थ्यो। तर हरेक हउता य्हाँऽट जानि, आम्नि अरेकोले होला, अचेल त नाऊँ सुन्दै दिक्क लाउँच। तर आम्न त पर्नि हो एउ बाजी। कैले लेख्या छ, कुन्नि? साईतै जुराम्न पर्ला।

आफूलाई फिरि २-३ दिन भो, राजुलदाईको श्वर नसुनि निन्द्रै नपर्नि जस्तो भ'च। राहुलदाईको बोली, हाम्लाई लोल्लोरी। तारेमाम्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters