[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226129 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-17-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ दाने! को हौ तिमि लु भन त?
यहाँ म बुडो त म बुडो भएँ हुँदा हुँदा सोझो चित्रेलाई समेत शंकाको दृष्टिले हेर्न थाले गाँठे!
ठुलि ठुलि म नि आउँ स्याँठ-अर-ढे तिम्रोमा?


चतुरे काइँला, नेउची, चिप्ले, ठुल्दाई तारेमाम्!
 
Posted on 07-17-07 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

steel ko thaal hoina aachar jhane sano thaal ho chiplu
 
Posted on 07-17-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey uptown gal what are you doing here..... in chautarii......

you ignore meh talking wid these people out here.....

chilplu sanga kura gardai ..... waaaaaaaa waaaaaaaaaaaa waaaaaaaaaaaa

ehehehehe

-rocks
 
Posted on 07-17-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai hajur lai ta maile 2 barsa aagadi dekhi nai bolaira chu . hajur nai ta ho ni naaaune ke. la aaunus yo saturday u r most welcome. birkhe dai hopefully hajurlai sept ma bhetchu hola.
 
Posted on 07-17-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rocks maile timlai ignore gareko chaina. u were busy somewhere else with someone ke. tehi bhaera ni. ani rocks timlai chautari ma swagat cha la. ani ke hudai cha ta.
 
Posted on 07-17-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! ठूली, दानेले नि तिमीलाइ नै जिस्क्याउने, हरीले नि तिमीलाइ नै जिस्क्याउने, चिप्लेले नि तिमीलाइ नै जिस्क्याउने! अब म मात्र के कम? म नि जिस्क्याउँछु अब!

लु, तिम्रोलागि कविता लेखें मैले।

खुला गगनमा उडिरहेका जोडि चखेवाहरूलाइ देख्दा
म कल्पना गर्छु,
के हामी पनि त्यस्तै स्वतन्त्र रूपमा
उड्न पाउँछौं एक दिन?
हिमाल, पहाड, लेकमा नाचिरहेका डाँफे, मुनाल देख्दा
म सोच्ने गर्छु,
के हामी पनि त्यस्तै निस्फिक्रि
नाच्न पाउँछौं कुनै दिन?
हो पाउँछौं, पक्कै पाउँछौं
केवल खाँचो छ पर्खाईको
शान्त र धैर्यवान् पर्खाईको
त्यो दिन अवश्य आउँछ

तिम्रा ती नयनमा म
अलौकिक तेज देख्छु
तिम्रो हरेक पाइलामा
चमत्कारिक बेग देख्छु
त्यसैले प्रिय,
हामीलाई अझै धेरै यात्रा तय गर्नुछ
हजारौं कोश सँगै अघि बढ्नुछ
एक अर्काको साथमा हामी
यो यात्रा शुरू गरौं
सधैं सँगै हिंड्ने प्रणका साथ
शुभारम्भ गरौं यो कहिल्यै नटुङ्गिने
अनन्त यात्रा।


यो मैले करीब १ वर्ष अघिको चौतारीबाट लिएको हुँ। हे हे! ठूली, त्यो बेला हाम्रो कस्तो कविता जाँदो रैछ है? मलाइ त ती अंकहरू पढेर हाँसो लाग्यो। कति रमाइला ती दिनहरू!


उक्त अंकको लिङ्क
- http://sajha.com/sajha/html/openthreadall.cfm?StartRow=41&PageNum=3&forum=271&threadid=34006
 
Posted on 07-17-07 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय स्रोता महानुभावहरु,

गत हफ्ता यहाँहरुले हाम्रो कार्यक्रम “कफी विथ कुम्ले” मा हाम्रा चौतारीका अग्रज श्री जिम्माल बा, युवाहरुमा (अझ भनौ युवतीहरुमा) निकै पपुलर निशान्त थापा अनि त्यस्तै अहिले सबैको दिलमा छाइरहेका चौतारीका कम्पाउन्डर मदनवा सङ्ग भएका केहि कफी गफहरु सुनिहाल्नु भयो।

मलाई थाहा छ यहाँहरुले नसोचेको तरिकाले कार्यक्रम सकिएको थियो। हजुर! मलाई पनि त्यस्तै लागेको थियो। कार्यक्रमलाई बिट मार्दा म पनि निकै हतोत्साहित भएको थिएँ। मलाईपनि चित्त बुझि रहेको थिएन।

तर कार्यक्रमको समय सकिसकेको थियो, त्यहि भएर त्यस्तै अवस्थामा हामीले कार्यक्रम सक्नु परेको थियो। यहाँहरुलाई त्यसपछि के भयो भन्ने कुरा सुन्ने निकै इच्छा लागेको कुरा हामीलाई प्राप्त पत्रहरुले भनिरहेका छन्। हामीलाई पुर्व दार्जीलिङ, पशुपतिनगर, धरान, धनकुटा, हिले, त्यस्तै तराई तिर जनकपुर, सिराहा, सप्तरी, मलङ्वाबाट अनि त्यस्तै पर्वत, स्याङ्जा, नुवाकोट, कास्की लगायत पश्चिमी पहाडी क्षत्रहरुबाट निकै पत्रहरु प्राप्त भएका छन्। सबैको एउटै जिग्यासा थियो “त्यस्पछि के भयो?”

हजुर!! “त्यसपछि के भयो?” हामी आजको कार्यक्रममा त्यसपछि भएका घटनाहरुलाई यहाँहरुको साम्मुन्ने जस्ताको त्यस्तै राख्नेछौ आजको कफी विथ कुम्लेमा!

आउनुहोस स्वागत छ यहाँहरुलाई कफी विथ कुम्लेमा!

अब कार्यक्रम सुरु गर्नु भन्दा पहिले सधै झैँ यो सानो कमर्सियल ब्रेक!



कमर्सियल ब्रेक पछि स्वागत छ स्रोता महानुभावहरु आजको “कफी विथ कुम्ले” मा। हजुर! अघि मैले भने जस्तै आज हामी यहाँहरुलाई त्यो अन्तरबार्तामा लैजादैछौँ जहाँ हाम्रा निशान्त ज्यु र मदनवा एक आपसमा घम्सा घम्सी गर्न लाग्नु भएको थियो। अब हेरौ त्यस्पछि को भाग जस्ताको त्यस्तै:

संवाददाता:... सेकुरिटी... सेकुरिटी...

जिम्माल बा: हैन कुम्ले बाउ क्यार्न सेक रिट्ठे -सेक रिट्ठे गर्न लाएका? तिमीलाई के लाउछ, यी दुइ जना झगडा अर्न लाएका हुन?

संवाददाता: हैन के भन्नु हुन्छ जिम्माल् बा? यहाँ लड्न सुरु गरिसके यिनीहरु उत्ता मैले यिनीहरु झगडा गर्न लागे भनेर कार्यक्रम समाप्त पारिसकेँ।

जिम्माल बा: त्यहि भएर तिमी सोझो छौ नि कुम्ले बाउ। (निशान्त र मदनवा तिर हेर्दै) लौ अब पुग्यो! तिउँरा पिलानपुनी सउसेस भओ। अब बिचरा कुम्लेलाई क्यार्न सताउछौ? ओठ तालु सुकिसको बिचराको।

निशान्त: खित... खित... खित… आम्बोsss बबाल र्‍याग गरियोन्त हो हाम्रो कुम्स पाटलाई। आबो हामी त ब्रो लाई बबाsssल टेन्स पार्दिने भनेर झगडा गरेको जस्तो गर्देकोन्त। मो आबो हाम्रो म्याड्स पाट सङ अनि जिम्स सुड्डा सङ झगडा गर्छु त ब्रो?

मदनवा:
झगरा कर्के हमिले कुमलवाके दिमाग पुरा घुमाइलियो
झन्नै कर्जेक्रमके नाम “कुस्ती विथ कुमलवा” बनाइलियो
जिम वाला बुर्हो और निसान्त दाजु सङे हमि किन लर्ने
समुन्दर मे बसेर हमि सार्क सङे दुस्मनी मोल्ने?
जे राम जि कि।

संवाददाता: ओहो! त्यसो भए यो सब मलाई झुक्याएको? हत्तेरी! म मात्रै हैन हाम्रा हजारौँ स्रोताहरु बिगत एकहफ्तादेखि सुत्न सक्नुभएको छैन। एकजनाले पत्रमा लेख्नु भएको छ, “तपाईहरुको आत्मियताले भरिएको चौतारीमा यस्तो के भएको?”

जिम्माल बा: कुरो कस्तो हो भन्दाखेरुन कुम्ले बाउ! चाइन्जो हेरि ह्याँट मुन्छेले कुरो बुझ्न पर्छ। चाइन्जो यत्ति सार्हो मिल्छौँ र न यत्तिको मजाक अर्न सक्छौँ।

निशन्त: दाsssमि कुरा ठोक्यो हो हाम्रो जिम्स सुड्डाले। आबो हाम्रो इसारैsss इसारामा कुरा मिलिसकेको थियोन्त त्यहि भएर तिमीले पनि थाहा पाएन। आबो यहि हो त्यो खोइ कुन्नि के ले भर्देको चौतारी भनेको। नामै कस्तो गार्हो!

मदनवा: जिम वाला बुर्हो ले भन्नु भएछ जो कुरा हमि पनि वहि भन्ने वाले थिएँ। वहि हो प्यार मे कहिले वार भि हुन्छ, पर दिल से हुन्देन, खालि बाहर दिखानेलाई हुन्छ। वहि इक्जैम्पल दिखाउनेको मन करेथ्यो हमि सबैको। झगरा वगरा हामि कहिले कर्दिन, सबैलाई वहि सन्देश दिने चहाने हमि सबै आज यहि कार्जेक्रम से।

संवाददाता: ल अब ठिक छ त्यसो हो भने। बरु अब कार्यक्रमलाई अघि बढाऔँ, हुन्छ? ल एउटा प्रश्न गरौँ है त सबैजनालाई, तपाईँहरुले झट्ट सम्झिनु पर्दा चौतारीको कुन सदस्य सम्झिनु हुन्छ र किन?

जिम्माल बा: चाइन्जो बडा गार्हो प्रश्न गरेउ कुम्ले बाउ। सउँझना त सबैको लाउँछ लाउनलाई तरपनि एउटा मात्रै नाम जो भन्नु भनेउ, चाइन्जो आफ्नै साक्खे भान्जो छ उसैको याद आउछ। क्यार्न उसैको याद आउछ भुन्ने परश्नको उत्तर दिनु पर्दा चाइन्जो अरु जम्मै हउताँ पाँच दिन काम अर्चन अनि अरु दुइ दिन रमाइलो अर्छन, हाउँरो भान्जो हउताँ चार दिन काम अर्च अनि तिन दिन सुतेर बिताउछ। रमाइलो कहिले अर्चौ भान्जा बाउ भुनेर सोध्यो, उहि काममा भा बेला अरिन्छ आफुँ त भन्छ, तिन दिन त मुढो ढले जस्तो लडिन्छ भन्थो। कि घराँ मस्त छु भन्छ कि काममा ब्यस्त छु भन्छ, त्यसलाई एउटी भान्जी बुहारी नखोजी भा’छैन। बरु तिम्रो कार्जेक्रम बाट यसो बिग्यापन अरौँ कोहि आइहाल्लिन् कि हाउँरो भान्जाको लागी। एकबार मैले निकै प्रयास अरे पछि बल्ल बल्ल आफ्नो फुटो टाँसेओ थिओ ह्याँ चौतारीमा तर तो सानेले क्यार्न हटाइदेछन्?

निशान्त: बबाsssल क्वेसन हान्यो हो ब्रोले फिरी। आबो मोलाई त छप्कीहरु सबैsssको याद आउछन्त हो तरपनि आबो अलि सिरियस भएर भन्यो भने चाँहि हाम्रो चिप्स ब्रो को खूब याद आउछ। चिप्स ब्रो क्या चिनेनsss कुम्स पाटले? चिप्स ब्रो के त्यो बबाल पिक्सहरु टासेको हुन्छ नि हाम्रो चौतारीमा। अस्ति त बबाल झन्डै खोला मुनिको पुल को पिक्स राख्नु लागेको रैछन्त। मोइले त आबो फिक्स हान्नै पर्दैन भन्ने सोचिराको। आबो झ्याप्स भयो भने मात्रै पुलहरु खोला मुनि देख्छन्त। ब्रो ले त्यो पिक्स राख्देको भए, मोइले त फिक्स हान्नै पर्दैनथ्योन्त त्यसै खोला मुनि को पुल हेर्यो अनि फिट्टान भयो।

मदनवा: अरे बाप रे! कैसन प्रश्न करिलिनुहुन्छ कुमलवा तपाइँ? ठिकै छ हमि एकबार सोच्छु और भन्छु। हमि लाई खाली वह हम्रे बड्की बेहेन को याद आइलिन्छ। हमि हेर्छु वहाँलाई जहिले पनि अप्ने मुह आँsss करिरहेको। हमिलाई डर लाग्छ कि कत्तै हमि उहाँलाई दबाई वबाई दिन बिर्सेछु कि कथि।

संवाददाता: हा हा हा! ल अर्को प्रश्न चाँहि के भने, तपाईहरुलाई कन्फ्युज लाग्ने सदस्य चाँहि को हो?

जिम्माल बा: चाइन्जो मलाई सबैभन्दा कन्फुज लाउने सदस्य त हेरि यहि निशे हो, रिसाएर बोलेओ हो कि हाँसेर बोलेओ हो बुझ्न चाइन्जो ज्यादै कठिन। आन्द्रै देखि जो कुरो अर्छ।

निशान्त: आम्बो मोलाई कन्फ्युजिङ भन्देको जिम्स सुड्डाले खित... खित... खित...! मोलाई चाँहि हाम्रो भउत्स पाट बबाsssल कन्फ्युजिङ लाग्छन्त हो! आबो कहिले आफ्नै साली जिस्काउछ हो, कहिले पुन्ट्स सुड्डाको सालीपनि जिस्काउछ हो अन्त कहिले मेरै सालीलाई पनि जिस्काउछ हो। फिरी एक्कासी के हुन्छ हो आफ्नैsss सालीलाई “जि” भनेर बोलाउछ। आबो भउत्स पाट सज्जन हो कि हाम्रै ग्याङको केटाहरु जस्तो हो पत्ता लाउनु नै नसक्ने भइसक्योन्त मो। अनि फिरी अर्को कन्फ्युजिङ चाँहि पुन्टे सुड्डा छ कि, आबो कहिले भउत्स पाटको सालीलाई पनि जिस्काइदिन्छ हो कहिले फिरी “धोबिनीको पेटिकोटको कस्सsssम” पनि भन्छ है अनि फिरी कहिले बबाल कुन्नि के हो अद्यक्ष पनि भइदिएछन्त, आबो हामी जस्तै आवारा हो कि बबाsssल नेता हो पत्तै लाउनु गार्हो के।

मदनवा: हमि इस्मे दुइ गो नाम लिन्छु, इक नाम छ चितरवा दाजु और दुस्रा हम्रे गुन्टवा! ससुरि जो आउनु हुन्छ चौतारी मे खाली बड्की बेहेन सङे मात्रै बात कर्नु हुन्छ। हमि सोच्छु कि कतै हमि 'एक फुल दो माली' त हेरे छुइन?

संवाददाता: हाम्रो कुरा गर्दा गर्दै समय सकिन लागेको कुरा त यादै भएन। अब जानेबेलामा यहाँहरुलाई एउटा कुरा भन्छु, तपाइँहरुले मानेपनि नमानेपनि तपाइँहरु महिलाबर्गहरुमा निकै पपुलर हुनुहुन्छ। उहाँहरुलाई केहि म्यासेज दिन चाहनुहुन्छ?

जिम्माल बा: घुमी फिरी रुम्झाटार! हाउरो कुम्लेले घुमाइ फिराइ यहिँ ल्याउछ कुरोलाई। ल एउटा सानो कविता छ उनिहरु सबैलाई:

अनौठो शक्ति छ तिमीमा!!
मैलेपनि,
प्रयास नगरेको होइन
बगावत नसोचेको होइन
दिनरात बिताएर
तिकडम नखोजेको होइन
तर,
सबै प्रयासहरु
सबै कुटनितीहरु
ब्यर्थ हुन्छन्
जब मलाई हेर्दै
तिमी मुसुक्क हाँस्छौ।


मंगलबारे जदौ! यो बिर्खे माइलाको!

निशान्त: आँsssच बबाल गयो है! क्या पोएम हान्दियो यार जिम्स सुड्डाले आबो सब चिक्सहरु सिक हुन्छ कस्सम! लु आबो मोपनि ट्राई हान्छु ल।

मो हिड्ने बाटोमा तिमी आबो नहिड ल !
मोलाई घरी घरी आँखा तरेर नहेर ल !!
त्यो हेराईको आदत लाग्यो भने के गर्ने?
यस्तो हरिप मान्छे सुध्रियो भने के गर्ने?

मदनवा: अरे बाप रे! कैसन कैसन कविता भन्नु भएछ सबैजनाले। ससुरि हमि लाई कविता लेख्ने बस्यो कि वहि लरकि नपाएको मात्रै सम्झना आउछ। वहि वला भन्छु:

लरकि पाउने खातिर बहुत मिहिनेत करेछु
सादी के खरचका भि हमि इस्टिमेट करेछु
पैसा छे इस्टिमेट छे पर खरच कर्ने दिन आएन
ससुरि इ उमेर भइगेलवा हमिले अझै लरकि पाएन

जे राम जि कि।

संवाददाता: वाह वाह वाह! सार्है राम्रा कविताहरु सुनियो! हवस त स्रोता महानुभावहरु, यस्का साथै आजको यो कार्यक्रम यहि सकिन्छ, धन्यवाद!


 
Posted on 07-17-07 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rocks maile timlai ignore gareko chaina. u were busy somewhere else with someone ke. tehi bhaera ni. ani rocks timlai chautari ma swagat cha la. ani ke hudai cha ta.
 
Posted on 07-17-07 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh!!!! meh busy wid someone Else re........

herana timilai dhoka dine tyo pani maile.......

ani waht are you up to ..... huh?? how is things going on.....

mero ta yestai cha ... nothing special and there is no progess right now........ at all.. in my life.....

-rocks
 
Posted on 07-17-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! कुम्ले! एनोदर ग्रेट क्लासिक!

>>>मदनवा: हमि इस्मे दुइ गो नाम लिन्छु, इक नाम छ चितरवा दाजु और दुस्रा हम्रे गुन्टवा! ससुरि जो आउनु हुन्छ चौतारी मे खाली बड्की बेहेन सङे मात्रै बात कर्नु हुन्छ। हमि सोच्छु कि कतै हमि 'एक फुल दो माली' त हेरे छुइन? <<<<<

हा हा! यो म्याड भैया पनि जासूस बनिलियो कि क्या हो?
 
Posted on 07-17-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

malai samjhneta khali merai madanwaa bhaiyaa matrai raicha. madanwaa bhaiyaa muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh. aaj dekhi mero fav bhaiya chai madanwaa.

मदनवा: हमि इस्मे दुइ गो नाम लिन्छु, इक नाम छ चितरवा दाजु और दुस्रा हम्रे गुन्टवा! ससुरि जो आउनु हुन्छ चौतारी मे खाली बड्की बेहेन सङे मात्रै बात कर्नु हुन्छ। हमि सोच्छु कि कतै हमि 'एक फुल दो माली' त हेरे छुइन? khit khit khit
 
Posted on 07-17-07 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau rocks ke bhaneko ma timilai dhoka dimlaa ta. ani timi agi ko ko sanga ke ke kura gardai thiyo ani tehi bhaera timlai disturb nagareko ni. rocks mero ni testai cha kaam ghaar kaam ghar. thank god class suru bhaako chaina. uffffffffffffffffff
 
Posted on 07-17-07 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा। कुम्ले ले बबाल गरिछाड्यो। कति हांस्नु। यस्तै यस्तै कार्यक्रम हरु पस्कैदै गर्नुस है।
जिम्माल बा ले रेडिओ किन बन्द गर्या हुन कुन्नी?
 
Posted on 07-17-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo birkhe dai le aafno bhanjo hari lai kina keti khojnu perne. aaf nai dai le aba kura bigaarna khoje chi kasko ke lagcha ra
 
Posted on 07-17-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुनारको सय चोट लोहार् को एक चोट् भनेको यही हो। २-४ दिन देखि कुम्ले बेपत्ता भाको त अन्तर्वार्ताको तयारीमा रैछ। बडो उत्तम गएछ, खेल खत्तम भएछ। तारेमाम्।
 
Posted on 07-17-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

now i m really really missing Tiruuuuuuuuuuuu. chitre thanks for the link. old is gold hoina ra.
 
Posted on 07-17-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Haina kina risayeko ma sanga huh???

sorry lah don't get angry lah......

-rocks
 
Posted on 07-17-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा कुम्ले लोल!
हाहाहा सकिएन परभु सकिएन उफफफ...
 
Posted on 07-17-07 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rocks timi agi malai timlai ignore gareko bhaneko hoina. aba kasle kaslai ignore gareko la timle nai bhana.

birkhe dai ke garnu aafnai dai satru bhaecha aru kina chahiyo
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters