[Show all top banners]

CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226135 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-12-07 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा कता मोरेचन, कुन्नि? लरकि पाईन, लरकि पाईन, भुनेर मरिहत्ते अरि रा'थे अस्तिन। मुईले ल्याफद्याछु के रे। सानी त धेरै सानी छे, उनमा आँखा गाढेउ भुने चईं रन्केको झिरले आँखा साँखा फोडिदिम्ला, अरु चार मध्धे एउटी रोज, लौ! चाट्टै लान्छु भन्न बेर छैन बज्जेको फिरि।


 
Posted on 07-12-07 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ २-३ घण्टा देखिन सप्पै हराएचन चने ले नयाँ गीत ल्यएको? त्यो त हाम्रो पालाको पप गीत होनी हिट भको
खाली ठम मा चाँही
Why dont you break my heart?
........................................
हो कि जस्तो लाम्च तर आफुलाइ इउलिश आम्दैन
 
Posted on 07-12-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए म त ढिलो भएछु, फेरी "बिरगँज घण्टाघरबाट फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी।"
मदनवा कता मोरेचन, कुन्नि? लरकि पाईन, लरकि पाईन, भुनेर मरिहत्ते अरि रा'थे अस्तिन।

लरकि पाईन लरकि पाईन,
मदनवा दाई ले लरकि पाईन
सबैलाई जदौ छ
 
Posted on 07-12-07 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! आर्ना भाञ्जी कति राम्री! साँच्चै 'ल खिच फोटो!' भनेर क्यामेरा तिर हेरिराखेकी! फोटु राखेकोमा सान्नानीलाई धन्यबाद!
 
Posted on 07-12-07 9:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति रमझम हो, दशै आयो कि क्या हो ? मलाइ त सारै डाहा पो लागेर आयो, मेरो भागको रमाइलो पनि सकिसकेछन । सानि नानि को फुटो हेर्ने त म पुच्छा परेकि क्या हो ? लु मैले न चरी पैसो राखेर मुख हेरे है ?
पुन फर्माइस आएको छ फुटो हेर्ने :-
मकवानपुर करौजे बाट काजिमान र बिचारमान तामागं
ओखलढुङ्गा सेर्नाबाट्, परसुराम भट्टराइ
भक्तपुर कटुन्जेबाट सुभास चन्दर ढुगेंल
बिरगँज गबाह फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी
पोखरा माटेपानिबाट रमाकान्त र शेषकान्त अधिकारी
तनहु याम्पा फाटबाट राममान र सथिहरु

 
Posted on 07-12-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पीर्तीले उबेलाको रेडियो नेपालमा बज्ने फर्माईस कार्येक्रम को याद दिलाइन गाठें। बीरगन्ज गहवा बाट.............हवारि हैनर ? भौते गुरु क्यारनि र बसेर तुच्च तुच्च पार्न पाअत चौपट्टै मजा आम्तोनि यार। अब ऐउदिन केओरो को भन्जिङ मा मेसो मिलाम्लानि तिन पानेको।
 
Posted on 07-12-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्माइस जदौ!
पुन फर्माइस आएको छ, मकवानपुर करौजे बाट काजिमान र बिचारमान तामागं
ओखलढुङ्गा सेर्नाबाट्, परसुराम भट्टराइ
भक्तपुर कटुन्जेबाट सुभास चन्दर ढुगेंल
बिरगँज गबाह फुरमान हवारी, रहमान हवारी र बेगम ताजमा हवारी

गर्नु गर्‍यौ बलराम भैंसी पालेर

दुनियाँलाई ढाँटेर, खाँट्टी दूधमा पानी हालेर

गर्नु गर्‍यौ सुन्तली साउनी बनेर,

लिन्छ्यौ पैसा गनेर, बासी भातलाई साजी भनेर
 
Posted on 07-12-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो त सुत्ने बेला भो, कसैको उठ्ने बेला भो। तारेमाम्। हिजो को अच्छा सपना क्रमश: हेर्नु छ। डिस्टर्ब नगर्नु होला। तारेमाम्।
 
Posted on 07-13-07 12:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ।
आफु त रातभरि उठिन्छ, दिनभरि सुतिन्छ । रातभरि के गरुँके गरुँ भ'र मर्नै लागियो भन्या । कति वेला उज्यालो होला र सुतम्ला भनेर कुर्दा कुर्दा ...................................
 
Posted on 07-13-07 1:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कता हो बिरालेको बसाई? म नि यता आज राती चौतारी रुँगेर बस्ने पिलान गरेको
 
Posted on 07-13-07 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिनभरि सुत्छ, रातभरि उठ्छ- क्या हो?
लाटोकोसेरो! हैन, हैन चौतारीको बिरालो!
 
Posted on 07-13-07 1:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुसा मार्न पल्केको छु क्या । दिनभरि त कता हराउँछन् कता । राती राति दुलो ढुकेर बस्ने हो ।
रे क्या ।
 
Posted on 07-13-07 4:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिन्ती एक म गर्दछु सुन प्रीय प्रिती निरन्तर रहोस्
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल सदाकाल रहोस्
तिम्रो त्यो मुख चन्द्र झल्की मनमा तेस्ले उज्यालो गरी
शीतल गर्नु उचित हो अधिक ताप गर्दो छ सुर्यै सरी।

सन्दर्भ: असार २९, भानु जयन्ती
सभार:http://www.nepalikavita.com/1/files/utkrista-kavita/BintibyBhanubhaktaAcharya.pdf

स्कुलमा हाफ छुट्टी हुन्थ्यो है आजको दिन!
 
Posted on 07-13-07 7:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

heylu guyssssssssssssssssssssssssss
 
Posted on 07-13-07 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!!!!!!!!!!!
ठुलि च्या पियौ
हिजो मैले फुन गरेको तिमीलाइ
मेसेज पएनौ?
 
Posted on 07-13-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

आज भानु जयन्ती है!
अब पुरानै केहिलाई भाँचकुच पारेर भएपनि एउटा मुक्तक त सुनाउनै प-यो!

"के काम?"

Outbox मा अरुको छैन, तिम्रैमात्र नाम छ
Inbox मा तिम्रो छैन, अरुकै मात्र नाम छ
तिम्ले वास्ता गर्दिनौ भने, भन प्रिय मेरो लागि
यो तार जोडेको ठाँडोको के काम छ?!

वाह! वाह!! वाह!!!!



 
Posted on 07-13-07 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, के छ ताअाअाअाअ?
ठुलि चिया खायौ? दुर्गा भाउजु दर्शन, ग्वाँचे के छ?, रात्रीकालिन बिरालो अनि गोतामे गुरु दुबैमा अभिबादन।

ग्वाँचे ले भानु जयन्ति याद दिलायो। जिन्दगिमा पहिलो पल्ट भानुभक्तको बारेमा मन्चमा बोलेको थिएं, सात पढ्दा। आधा नेवारि मिसिएको नेपालीमा बोल्दा नि फस्ट भएछु। लाटा देशमा गाँडा तन्नेरि भनेको त्यहि जस्तो लाग्यो।

भानु को रामायणबाट् सीता स्वयम्बर भन्ने खण्ड को केही अंश ( कक्षा ८ बाट्) राख्दै छु।

हे राजन दशरथजीका सुत हुन्, राम नाम लक्ष्मण भनी
भन्छन् मानिसले गरि नसकन्या गर्छन पराक्रम पनि

मारिचलाई सुबाहुलाई अरु ता को जित्न सक्या थिया
मारिचलाई मारी सुबाहुलाई सहजै फ्याकी दिया।

पत्थर् भै कति बर्ष रहदै गौतमकि नारी थिइन
पाउअले कुल्चदा उठी गैन जस्ता कि तस्तै भइन।

यहाँ एक शिब धनु छ भनी सुनेर आया यहाँ,
देखनाको मतलब आज त राखी रहा छ कहाँ
 
Posted on 07-13-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते! गौतमदा , राहुल्दा ,बिराले ,ग्वाचेभाइ दुर्गि सिस र ठूली
वाह! वाह!! वाह!!!! गौतामबाउ को मुक्तक:)

हउरहुरले के के लेकेको देखेर मलै नि लेख्न मन लाग्यो । मेरो नि सानो गन्थन है
उतापारि कविताको देशबड टिपेर ल्याएको। यस्लाइ शिसिरजीले 'दोहा' मा परिवर्तन गर्दिनु भएको थियो --

'जित-हारनै प्रतियोगिता हो म एक प्रति-योगी हु
हरेक मोडहरुमा झुध्ने म अकाट्य सह-यात्री हु

मेटाउन नखोज है ज्वाला म अदम्य नव-क्रान्ति हु
ज्वारलाइ चुनौति दिने पूर्णीमाको टलक-कान्ति हु'

वाह !वाह!! वाह!! छ त भन्छुर ?



 
Posted on 07-13-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार !!

वाह वाह वाह !!!!
 
Posted on 07-13-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज भानु जयन्ती रे!

बिन्ती डिठ्ठा बिचारि सित कति म गरौँ चुप रहन्छन नबोलि
बोल्छनता ख्याल गर्या झैँ अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि

शुक्रबारे जदौ! यो बिर्खे माइलाको!!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters