gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४४ --

[Please view other pages to see the rest of the postings. Total posts: 590]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 175998 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-28-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
           
--चौतारी -- भाग ४४ --


हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 496 days (as of 1-16-07) since 7 Sept 2005 with more than 16,000 messages in a total of 43 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

फोटो कपिराइट : नमे

 
Posted on 01-29-07 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमरी...... ओ हो, मुखमा पानी आयो। धन्ना नमान योमरी, म नी नया हुं यस चौतरीमा। म नी अलमल्ल, रनभुल्लमा परेकी छु। बिस्तारै यहां को रिति थिति, नियम, कानून जनिएला नि। बुढा-पाका हरु छन् नि यहां हाम्लाई दोहर्‍याउने।

यो ग्वांचे लाइ नी फेरि किन किताब झ्याप पार्न परेको होला, बेक्कार मा मैले लाइबेरि छिर्न पाइन :(
 
Posted on 01-29-07 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त क्या साइत् मा चौतरी आएछु त। थूलीको बिहे को गाइं गुइं चल्दै रैच, ल मज्जाले चौतरीमा बसी बिहे भोज खाउंला। दुल्हा नी चौतारी कै हो भन्ने सुन्छु, अब त जन्ती नी गइन्छ, "डबल" भोज नी खाइन्छ।

मेरो नाम चैं त्यो बिहे निमन्त्रना कार्ड मा नछुटोस् नी फेरि।
 
Posted on 01-29-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमी बिना जिन्दगि एक्लै मधुप्यास पिएं
तिमी के आयौ, जिन्दगिको आभास पाएं

अँध्यारो थियो, अधुरो थियो जिन्दगि यो
तिम्रो आगमन संगै जीवन प्रकाश पाएं

मायाका हात आलिंगनमा बाँधिएको बेला
जिन्दगिको अनुपम मधुमास जिएं

बसन्तमा पनि फूल मग्मगाएन भन्थें म
आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं

इर्ष्याले जले जलुन् मुना मदनहरु पनि
तिमी मत्रा कहँ हो र धरति आकाश पाएं
 
Posted on 01-29-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ है साथी हो - म पनि आज गाँउ घुम्दै आउँदा तपाँईको चौतारीमा यसो शितल खोज्दै आएको छु। यो गामका मान्छे कतिका मिजासिला छन्‌ क्यारे त्यो त थाहा भएन तर कुरोको जुरो नझिकेसम्म कहाँ पो के नै थाहा पाईन्छ र ओ।

खासमा भन्नु पर्दा मेरी आमाले छोरो मलाई बुहारी चाहियो भनेर खुब हैरान पार्नु भा छ। आमालाई फेरि आमाले नै खोजेको केटिसँग बिहे गर्नु पर्ने अरे। अनि जात छोडेर अर्कोसँग बिहे गर्न नपाम्नि अरे। ओहो कति धेरै प्रतिबन्ध भनेको। आफूलाई यहाँ नेवार्नी कान्छी बिहे गर्न मनलाई रा छ - आमालाई कसरि सम्झाउने हो यसो यस गामका बुज्रुक हरूले अर्ति दिनु्हुन्छ कि भनेर मैले मुख खोले। मलाई त लाज पो लाग्न थाल्यो - मनको कुरा त गरि हाँले - लु जे पर्ला पर्ला।

-चिन्ते
 
Posted on 01-29-07 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिन्ते तिम्रो नाम मात्र चिन्ते रैछ। तिमीले तिम्रो जिवन कसरी बाँच्नु पर्छ त्यो तिम्रो अधिकार को कुरो हो । अहिलेको बदलिदो युगमा पनि जात र वर्गमाथि विस्वास गर्ने लन्ठु जाउ नेवार्नी कान्छी लगेर आमाको आशिर्वाद लिन ...'आमाले आफ्नै कोखलाइ अनि सुन्दर सपना जो तिम्रो आखाबाट देख्न चाहेकि थीइन त्यसैलाइ एकपटक धिक्कार्लिन' तर तिम्रो आशिर्वाद पाउने अधिकारलाइ बञ्चित गर्ने छैनिन :P
वा क्या भाषण गरे है मैले ....
भागे है...
 
Posted on 01-29-07 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तररररररररररररररररररररररररररररररर
ताली दिएको क्या ज्योतीको भाषणलाइ ।
 
Posted on 01-29-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ केरा खाम भनेको त । । । ।

 
Posted on 01-29-07 11:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई जदौ! नया-नया दिले (dilute), नेप्ची (अरुले न्याउली, फ्याउली, स्याउली जे सुकै भनुन्, मचैं नेप्चीनै भन्छु ल जा!), यमराज (yomari), चिन्तेलाई अझ धेरै जदौ!
आर्को चौतारी बनाम्नी इञ्जिनेरले यीनको नाम पनि थपुन्, चौतारीको शिलालेखमा। बारुलीको पनि थप्नुपर्छ है!


यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?
 
Posted on 01-29-07 11:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'यो पिरेम-चरो क्यार्न मुण्टेको हो यता, तेस्तो सर्प बोकेर?'

गौतमले भने पछि ठिकै त भन्या होलान । जदौ गौतम प्रभू !!
 
Posted on 01-30-07 12:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ज्योति नानु! के छ त नि हालखबर? यो चौतारीका अरु सबै घुर्न थालिसके कि क्या हो?

जिम्माललाई पनि आज अलि चाँडै निद्राले समातेजस्तो छ!

अनि ज्योति पनि औँरिका'ट हैन भन्या?
 
Posted on 01-30-07 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :P
हैन हैन हैन.. म नेपाल'टै हो .... नेपाल मा आज टन्न घाम लाग्या छ त्या हजूरको जापुनमा कस्तो छ?
 
Posted on 01-30-07 12:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम् प्रभु,कोटि कोटि जदौ।
 
Posted on 01-30-07 12:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ जापानमा पनि टन्न अघाउञ्जेल घाम लाग्या छ, ज्योति!

मैले पनि कोटि-कोटि जदौ टक्र्याएँ दिल बहादुर पर्भो!
 
Posted on 01-30-07 1:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के सारो घाम् लागेको हो पल्ला गाम् तिर,यहा आफु जादो ले मर्न आटिसके,जति सिरक् ओदे नि रौ ठादो को ठादै,म त मर्छु पो के हो कक्रेर,चौतारि मा पनि येउटा खासा को हिटर् राख्ने कि,आनन्दै हुन्थ्यो यो जादो मा कि कसो???? गुद् नाइट
 
Posted on 01-30-07 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हाम्रो त यहाँ बिहान भएर काममा पुगिसक्यौं, यो दिले चैं भर्खर सुत्न ला' रैछ. ल दिले हिटर तापेर सुत, गुट नाइट!
 
Posted on 01-30-07 2:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, के छ यार हालखबर?

यो दिलेले अलिकति हिटर पिएर सुते त न्यानो भईहाल्छ नि! (आइ मिन रउसी क्या!) हुनत बज्जले बजा'रै सुत्या' होला, हाम्ले के सिकाम्नु पर्दो हो!
 
Posted on 01-30-07 2:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू,

ठीकै छ मेरो, अलि बिजी भन्नुपरो. तपाईको चैं के छ नि? जाडो छ जापूनमा?
 
Posted on 01-30-07 2:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो जापान लाम्चो देश के रे उत्तरबाट दख्खिनतिर लमतन्न परेको। मास्तिर गालउका तिर एकदम जाडो होला, हाम्रा तिर त ठीकै-ठीकै छ भन्नु परो। जाडोले कक्रक्कै पारिचैं हाल्दैन।
 
Posted on 01-30-07 3:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो सानो रिठ्ठे ग़धालाइ पनि यो चौतारिमा ठाम दिन म सानो मुखबाट ठुलो बिन्ति टक्राउछु यो चौतारिका सबै मौसुफहरुमा ! इश्वारा क्रिपाले कसो नपाइयेला र हो गाँठे एकबारको जुनिमा ...

निबेदक - १००८ प्रपन्नाचार्य स्वामि हरि

लौ त यसो बेसितिर बालि हेरेर फर्कन्छु ! गौका गेडा रहनदिने भयनन खोलापारिका बाख्राले,यसबारेमापनि पन्चायत (अहिले के जाति के गणतन्तर भन्दारहेछन पन्चायतकलाइ ,बुढो मान्छे क्यार्नु र बरै !) नडाकि नहुने भो.......
 
Posted on 01-30-07 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्नुस है त गित धेरै समय पछि गित राखेको छु ।




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
lost $3500 on penny stocks !!!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Changing job after i-140 approval
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters