CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 226130 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-14-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरी सोल्टी, क्यार्दै हो आज संचरबार नि चौतारीआ, मुर्लिले ७०० भ्याएछ नि आज हैन?
सबैलाई संचरबारे जदौ है!
 
Posted on 07-14-07 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हरि र ग्वाचे ? कसैलाइ छिमेकीको गितको नशा लागेछ, कसैलाइ खेलको । अरु सप्पैलाइ रौसीलाको होला नि ?
 
Posted on 07-14-07 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेस छ नमे यता, तेतातिर गाथमा आराम?
 
Posted on 07-14-07 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु,।
नमे , ग्वाँचे अनि हरि। के अर्दै हो?
चौतारी सुनसान भो गाँठे। काम न भएको बेला, सुत्नु भन्दा चौतारि आए पो। काम भएको दिन काम चोरी, साहुको आखा छली, चौतारी चियाउछन्, हड्डि र दिमाग दुबै खियाउछन्। तारेमाम्।
 
Posted on 07-14-07 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काम भएको दिन काम चोरी, साहुको आखा छली, चौतारी चियाउछन्, हड्डि र दिमाग दुबै खियाउछन्। राहुल दाइले पनि हसाए ।
ठिक छ ग्वाचे यता तिर, त्यता के छ नि ?
 
Posted on 07-14-07 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-07 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ मोरेछन सप्पै ?
 
Posted on 07-14-07 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार छ है यो रीत्थे को पनि !
चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के । भऊते ले मात्र आपत्ति जनाको जस्तो देखी मैले त। हन यो चौतारीमा क्यार्नी हो नी लौ न बाटइदिनु परो अब चाँही !

Oohi ritthe,
 
Posted on 07-15-07 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए, कम्पुटर बारे जान्नि केटकेटी हो! समेस्सि आईला'गो! :(

Internet चलाउन था'ल्यो कि, हे़ऽऽऽऽऽऽऽरि यस्ता pop up हरु आ'को आई गरेर हैरान पा-यो। हरेक १०-१५ सेकेण्डमा। तो माझको ठुलो चईं त बन्द गर्न मिल्छ। तर, दायाँ तिरको सानो चईं त "Allow" नगरि बन्द नि गर्न मिल्दैन। "Remove" option पनि गर्न दिंदैन। के रोज लाग्या हो मेरो कप्पुटरलाई? भाईरस साईरस त होईन? क्यारी सच्याउनि हो यल्लाई? :(

 
Posted on 07-15-07 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुण्टे दा!!!!! क्या चलाख,

कम्पुटराँ सम्मेसि आओ भन्द्यामात्र हो कि के हो ?

ऊऊऊ तो माथि War Crimes2 लेखेर देखासिन तो के जाति War Crimes अर्निहरको सात्तो पुत्लो उडो होला के रे ।

लु भउते बिचार अरेस, जुरेलि उछिट्ट्याउन तिम्ले War Crimes अर्नु भन्दा पहिल्यै हाउँरो पुण्टे दा!!! ले त्यसा'ट जुरेलिलै बचाउने तयारी अरिसकेछन के रे ।

भउतेले जुरेलि उछिट्टयाउन नसक्ने भो पुण्टे दा को सुरछे घेरा'ट लौ ।
 
Posted on 07-15-07 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो के जाति pop up blocker भन्ने जिनिसलै लगाइदिनोस्न तेसले ठीक पार्छ होला,

नभए तो Ms Defender भन्नेलै लगाइदियो भने नि काम अर्छ होला के रे ।
 
Posted on 07-15-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार छ है यो आकाश को पनि !
चौतारी चौतारी भन्थे, क्या रछ यो चौतारी भनेर यस्सो च्याको त खोइ के खोइ के ।
 
Posted on 07-15-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हा, नयाँ गाम्लेहुर आ' हुन कि पुरानै गाम्लेहुर मुखुण्डो ला'र फुका'र आ'हुन पत्तो पा'भे' मरिजाम ।

नयाँ आ' रिट्ठे र आकाशे लै स्वागत अर्छु के रे, चौतारिआँ आ'र खोइ के खोइ के भन्न थालेछन, भख्खर टेलिफिल्म हेरेर आ' जस्ता छन, लु सुनाम्त के छ आजआ कहानि !!

चौतारिआँ सबभन्दा जेठो हाउँरो जिम्माल बा'को अचेल नलि खुट्टो दुखेओ छ अरे, अस्ति कुम्लेले कता'ट हो तो बुढो ज्यानलै लोभ देखा'छ के रे । लु जिम्माल बा, हिड म सित, यस्स गफ ला'सिन कफि खान पाइन्छ, अनि त्याँट रेडुआँ नि तो कुरो आम्छ भनेछन । बुढो त जोस्सिएर लौरो सौरो फालेर कुम्लेसित कुदेर ग'र'छन। त्याँ त बब्बाल । तो नामि गुण्डा निशे र लरकि नपा'र छटपट्या मदनवा नि आ'रछन । कुरै कुराँ ती दुइटा झगडा अरेछन के रे । बुढा' लौरो भा'भे यस्स दुइचार लट्ठी हानेर तह लाउँथे होला के रे, तो नि नलिइ गा' बुढोलै निशेको चुच्चे डिङ्गोले लाएछ, नलिखुट्टोमै ठ्वाक्क । अनि त के चैयो, बिचरा बुढो ज्यान, बित्थामा ग'छु भनेर फत्फताउँदै छन के रे । ऊ तो के जाति कफि भन्थो, गुलियो मिठो होला भन्ठान्या रे, तो त कालो तीतो र'छ रे, भन्दै कुम्लेलाइ सराप्दै अर्या थो रे ।

लु आजआ समचार यस्तो र'छ ।
 
Posted on 07-15-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु के छ ताअाअाअाअाआ?

पूण्टे दा, चना ब्रो एका बिहानै के को हल्ला? त्यो कम्पुटरमा भाइरस लागेको हुन सक्छ, न भए दाइरस पक्का हो। कम्पुटरका डाक्टरहरु खै कहाँ गएछन्।शुक्रबार भट्टि छिरेकाहरुको छुट्टि अझै सकेको छैनन् कि क्या हो? तारेमाम्।

लौ न पूण्टेदाको कम्पुटरलाई ठोकठाक गरि दिनु पर्‍यो। हुन त मान्छेलाई लाग्ने भाइरस अनि दाइरस भए त ठुलदाई सङ नि केही हिसाब हुन्थ्यो, अब कम्पुटर भने सि गिदिको २ इन्च माथिबाट हुट्ट हुट्ट जान्छ।

चौतारीमा चियाउने, दिमाग खियाउने नयाँ मित्रहरुलाई भित्र देखि नै तारेमाम।
रिठ्ठे कहिं पुरानो रिठ्ठे जासुस् को सहोदर् भाइ त पर्नु भएन? आकास जीको नि यसो नालिबेली पाए बेशै हुन्थ्यो क्या रे।
चौतारिमा रम्न सक्नु पर्छ, चौतारिमा गम्न सिक्नु पर्छ। असली जिन्दगीको अनुभूति पाउन हुने छ।
मुख्य कुरा महत्वपूर्ण हुन्छ।तारेमाम।
 
Posted on 07-15-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई, राहुलदाई, पुन्टेदाई सबैलाई जदौ!
रविवारको चर्को घाममा सितल चौतारी छिरेको एकछिनको लागि। :-)
अनि नयाँ खबर के छन त?

रिउठे, आउसे दुबैजनालाई स्वाउत अरेँ है मुँइले हाउँरो चौतारिआँ। कुरो अरम रमाइलो अरम, त्यहि हो। :-)
 
Posted on 07-15-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poontu dai,

The problem might be one of them:-
1) Your computer is infected with spyware.
2) Your browser doesn't have pop-up blocker.
3) As said in the pop-up, its trying to install ActiveX.

Possible solutions:-
1) Download anti-spyware like Adware, scan the computer and remove unwanted objects.
2) Install google or yahoo toolbar and turn on pop-up blocker.
3) Install ActiveX whenever it asks, then see if the problem is solved.
4) If nothing works, format your PC. You will need Windows XP CD for this.

Hope that helps...

चनादाइ, राहुलदाइ, कुम्ले, रिठ्ठे, आकाशे सबैलाइ नमस्ते!

आजकल अलि बुजी (busy) भैराछु म।
 
Posted on 07-15-07 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएेतबार को चर्को घाम बाट वाक्क भएर चौतारीको शीतल छ्हारी मा एक्छिन भये पनी चाक थेचार्न आउनु भएका चना दाई , राहुलभाइे, वोल्द म्याप सबै मI रित्थे को जधौ ! अब चैन्जो चना दाई ले मलाई साझा मI पैला पैला आउने रित्थे जासुस को शाहओदर भाई हो कि क्य हो भन्ने थान्नु भा रछ। कता हुनु नि । भा देखी त मरिजौ हौ मित्र हरू। धरो धर्म होइन क्या। नाम चाँही मेरो रित्थे परो तर जासुसी भने अहिले सम्मा गर्य छिअन बिद्या भन्या।
 
Posted on 07-15-07 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke hudai cha taaaaaaaaaaaaaaaaaaa
 
Posted on 07-15-07 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब रिठ्ठे नयाँ नै परेछ, झन ठुलो स्वागत र तारेमाम्। रिठ्ठे भाइ, झुक्किनु भो, त्यो रिठ्ठे जासुसको भाइ हो कि भन्ने चना दाइ हैन, ठुल्दाइ हो। चौतारिमा त यस्तो चिज याद् अगर्नु पर्छ हि, नया भएको ले टिप्स दिएको क्या। मुख्य कुरा महत्वपूर्ण हुन्छ। तारेमाम्।
 
Posted on 07-15-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Informatica consultancy share
Are you ready to know the truth?
Travelling on TPS advance travel document to different country...
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters