CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 227132 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-17-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sorry!!! I didn't meant to say that...... key.....

I didn't meant to say you are ignoring meh or I didn't meant to say I am ignoring you....
well I'll say something in mail lah....... do reply .....

-rocks
 
Posted on 07-17-07 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rocks maile timlai aru nai kt ko pachi lagirako dekhira ma ra kya tarseko ke. katai marile dream ta dekheko hoina bhanera pachi po thaha bho ta tyo ta real ho bhanera. i was so hurt kya. how could u do this to me ke.
 
Posted on 07-17-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली, चित्त न दुखाउ, बिर्खेको बुढो जिब्रो चिप्लेको मात्र जो अनतर्वार्तामा, त्यो भान्जो हरि तिम्रो हरि होइन क्या। मनहरिलाई बुढाले सजिलोको लागि हरि भन्देको मात्र क्या। मुख्य कुरा महत्वपूर्ण हुन्छ। तारेमाम्।
 
Posted on 07-17-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai मनहरि LOL
 
Posted on 07-17-07 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ... खेँ ...खेँ...
हमि दिल गुर्दासे कुमलवाके सलाम करेछ उ जो हम्रो अन्तरवारता रखेछ।

""madanwaa bhaiyaa muahhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhh""

आज बड्किको बaत सुइनके हमि बहुते खुस भएछ।


बड्कि हमको किस करेछ-

हम्रो साला सारा बदन खुसिले भरेछ
बाप रे आज् बड्कि हमको किस करेछ

बहुत बार सोचेथिएँ किस कैसन हुन्छ
तिखा, मिठा, नमकिन सला स्वाद कैसा हुन्छ
आज हमि थाहा पायो किसवाके टेस्ट
हजारोँ लरकिलोगमे बड्कि रहेछ बेस्ट
लरकि खोजने दिल सला अब और ज्यादा बढेछ
बाप रे आज् बड्कि हमको किस करेछ

हमि बहुत सन्तुस्ट भयो पर एक्टा बात छोडके
किस करके बड्कि हमको भैया बोल्यो दिल तोडके
पर वो बात हमि भुलिदिन्छ खालि किसवा याद करके
डायरिमे अब् हमि डेट नोट कर्छ याद पनवामे भरके
जवानिके दिन अब् हमि और ज्यादा मागेछ
बाप रे आज् बड्कि हमको किस करेछ

जे राम जि कि।
 
Posted on 07-17-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले ब्रो हाहाहाहाहाहाहा दामि छ!
 
Posted on 07-17-07 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् !वाह्! म्याड भैया, बहुत बढिया गएछ।
 
Posted on 07-17-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह कुम्ले वाह!! क्लासिक प्रस्तुति, शानदार कहानि अनुपम प्रतिभा को नमुना,

बडो उत्तम गएछ, खेल खत्तम भएछ। तारेमाम्।
 
Posted on 07-17-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

madamwaa bhaiyaa Opsssssssss bhaiya re khit khit khit
 
Posted on 07-17-07 3:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuli, Madanwalai kiss garda khaini ganaaena?
 
Posted on 07-17-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chiplu madanwaa bhaiya le khaina khanu hunna khalu mittha paan khanu huncha kya. Opssssssssssss again bhaiya re wink wink
 
Posted on 07-17-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिपले हम्रो भिलेन भएछ-

बड्कि हमको किस कर्यो
हम्रो आँख खुसि से भर्यो
तब त गना गावने पर्यो
पर चिपले हमको आँख तर्यो
खेनि गुट्का अब् कहाँ
अब तो किस पाएछ
हम्रो किस्मत देखके चिपले
हम्रो भिलेन भएछ

जे राम जि कि।


 
Posted on 07-17-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-17-07 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gotta go home guysssssss bhare milyo bhane aamla kyare.
 
Posted on 07-17-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मी काँतर बूढा, राहुलदाइ, नेउची ज्यू, चना दाइ, दुर्गे भाउजू, रक्कू, ठूली, म्याड भैया, चिप्ले सबैलाइ अर्को राउन्डको नमस्ते!

म्याड भैया! बधाइ छ है किस पाको मा! पर्गति गर्दै गर्नु! कविता चैं दामी गो!
 
Posted on 07-17-07 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब बड्कि लाइनमा आएछ-

एक्टा किस हमले के पाएछ
सला गना माथि गना गाएछ
इस बार बड्कि सिर्फ मदनवा भनेछ
अरे बाप रे! अब् त बड्कि लाइनमा आएछ

खेँ.. खेँ.. खेँ..

जे राम जि कि।

 
Posted on 07-17-07 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेले दामी अन्तरवार्ता ल्यायो फेरी। निश पाटलाई खोला मुनिको पुल :)

 
Posted on 07-17-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकै छिन चौतारी नचिहाएको त के के भैइ सके छ (नभनम भो) हिजो मदनवा र कुम्ले न्आएर पो रैछ खल्लो भएको आज फेरी रेडियो आयो । कफी विथ कुम्ले विक्ली प्रोग्राम पर्‍यो कि क्या हो? डेली बनाउनु परो । यस्तो पानी आएको बेलां पनि चौतारी आज फुल छ । लौ सप्पैलाई 'ह्यप्पी साउने सन्क्रान्ति' पनि भनम है ।
"लुतो लैजा लुतो लैजा......................"
 
निशान्त
Posted on 07-17-07 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारिको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदिहरु, बहिनिहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!

खित्.. खित् ..खित्.. कुम्स पाट! क्या दिने यार!
आबो जे जे भनेको डिट्टो छापिदियो फिरि ब्रो ले!

ओ म्याड्स! एक किस के भेट्यो सोम बिग्रेको नेसनल प्यानासोनिक जस्तो कन्टिन्यू खोकेको छ खोकेको छ! के साह्रो किस किस भनेर बजिराको ठिस! दिमाग नै ओभर इरिटेट गराइदिने के फिरि सोमले! आबो किस पायो त पायोन्त, त्यो लाल दन्त मन्जन को एड गरेको जस्तो पँहेलो दाँत देखाको छ देखाको छ सोम फिरि! एक किस के भेट्यो हैन, झारपात त कङ्गोमा युएनले झारेको पिठोको बोरा भेट्ने भुखमरि जस्तो बबाल खुसि भइदिन्छ भयो आबो!
 
Posted on 07-17-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ.... खेँ.. खेँ.. निसान्त भेया काहेको रिसाइलिनुहुन्छ हुजुर? अरे उ त सला रमैलो जो करेको हमि। अरे कहा सुना माफ करिदिनुहोस! भनिलिनोस त कइल अन्तरवारता सकाइलिएपछि कता गइहाल्नुभयो? सब ठिक ठाक से छ हेन? उ जो छ शर्बर उर्बत बनाइलिउँ हुजरुलाइ? उ बियर उवर खानुहुन्छ कि? हमि माछा लाएछु जनकपुरको फराइ करिलिन्छु, सला दु भाइ मिलके बियरको साथमा खाने!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters