CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 227587 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-10-07 5:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!! लौ मैले त चुक्तक = चुट्किला + मुक्तक पो भन्ठानेको,

भ्याउसिन त मजैको भओ के रे, तर आकाशले भिलेन खेल्यो । मजाको फुटो खिचम्ला भनेको त झन मजा अर्नि बेलैमा हावा हुण्डरी के के जाति आ'र तो कामेरा भन्ने जिनिसलाइ बाहिर निक्लनै दिएन नि गाँठे । तर सिमिसिमे पानीआँ समुन्द्रतिर हुल्लिने र छालले फाल्ने नि मजै हुँदो र'छ । खैरेहरु घाम कुर्दै थे के रे छाला डढाउन, हाम्लाइ किन डढाउन परो तो आफ्नै शरिरा छाला । झन आनन्दै भो । बाटाँ एउटो यामानको टडकले सडक छोडेर घाँस खान गो, महिसासुरै पसेओ पो हो कि कुन्नि ? तेल्ले अर्दा ५ घण्टाआ बाटो ८ घण्टा लाओ, त्यति हो,

अनि रमाइला हँसिला नेपाली दाजुभाइ भेट भो, तो रमैलो भो ।

हन यो पर्वतेले कुकुरआ नाक राखेर हिन्छन के हो ? कता कता के के "स्मेल" चाल पाउँछन के रे । कस्तो स्मेल हो तो ? खुलस्त भनम न ब्रो ।
 
Posted on 07-10-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि को नि चस्मा मा पावर् पुगेन, या डावर च्यवनप्रास खाएको पुगेन। सङै बसेको ठुल्दाईलाई न देख्ने? चिलिमको बन्दोबस्त गर्ने मै हुं क्या रे।
 
Posted on 07-10-07 5:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए 'साली' को 'स्मेल्' छ जता ततै । अरु केही हैन । किन अफ्ठेरोमा पार्न खोजेको हो?
 
Posted on 07-10-07 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका!! पर्बते सँग दारुको कुरो गर्दा पुरा दुईकान खोलेर चनादाइको भ्याक्सिनको कुरो सुन्दै हुनुहुदो रैछ, देख्दै नदेख्या नि।

तेत्रो केमरा लगेसी तेई टडकले घास खा फोटु भएनि ल्याउन पर्ने नि, ह्याँ टास्नु हुन्थो। अझ भउतेले भेटे उखानै हाल्दिन्थ्यो।
 
Posted on 07-10-07 5:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो फोटु खिच्न ठाममा पुउन नभ्याउदै छिटो छिटो जा भन्दै डण्ठेले लखाटि हाले, यस्स घाँटी तन्का'र आफ्नै आँखाले जति हेरे हेरे, त्यत्ति हो ।

पर्वतेले भउतेआ १७ नं उखानलै "स्मेल" भन्या ?
 
Posted on 07-10-07 5:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस् ले दिएको 'किताब' म त खोल्नै आएन त । कसरी खोज्ने हो अर्थ ?
यो किताब के


target=_blank>http://www.dictionary.com.np/index.php
 
Posted on 07-10-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL भउते!
 
Posted on 07-10-07 5:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अस्ति हामी भ्याउसिनाँ पुगेको ठाम। Lake George, NY
माछापुछ्रे मत्र थिएन, नत्र पोखरा लेक साईड जस्तै ला'यो मुलाई त। लेक साईड भुन्दा सफा र बिकसित हुन त स्वभाविकै हो। त्यो तालाँ Paragliding, boating, water skiiing,, cruise boating, आदि हर्ने र'चन। आफू त cruise मत्र गरियो -- बाँकि गर्न ऊनी डराईन्। यो फुटा चईं नजिकै को Prospect Mountain मा २ घण्टा hiking गरेसि टुप्पाऽट खिचेको। ठाडो उँभो लाउन पर्नि, गाम गा'को याद आ'थ्यो।

 
Posted on 07-10-07 5:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऊँभो लाउनि बेलाँ चईं मनकामना हिंडेर ग'को याद आ'थ्यो। मनकामना जाँदा मर्स्याङ्दी माथि पुल तरेसि ऊँभो ला'तिम् केरे, य्हाँ चईं हाई वे I-87 माथि पुल तरेसि सिधै ठाडो उकालो। ठ्याम्मै २ घण्टा लाओ माथि पुग्न।

 
Posted on 07-10-07 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फर्कनि बेलाँ बाटै परो, Woodstock, NY. हिप्पीहुरले जमेको ठाम्। हुन त म पहिले पुगि सकेको थिएं त्याँ। डाँडाआ टुप्पाँ गुम्बा छ। माथि उक्लने मटरको बाटो नि नेपाल मै जस्तो, साँघुरो र अति ने घुमौरो। यसपालि त वरि परि निकै expansion गर्न ला'का र'चन, अनि construction site जस्तो थियो।

 
Posted on 07-10-07 5:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-10-07 5:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेद नेर चईं सानो, रमईलो गाम छ। त्यो चईं बुद्ध धर्मले साह्रै प्रभावित ठाम। रेस्टुराँ, होटेल, पसाल, आदि सबैमा धेरै जसो Karma, Dharma, Nirvana, आदि बुद्ध धर्म संग सम्बन्धित नाम हुर। हुँदा हुँदा त्या को लोकल REALTY अड्डाँ नि बुद्धको मुर्ति!

 
Posted on 07-10-07 6:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न पुण्टे दा ले कति राम्रा फोटाहुर टासेका
अइलेनै जाम जामा लागो

हाम्रो मायालु गाम तिर घुम्न आउने पिलान छ कि छैन पुण्टे दाइ?
 
Posted on 07-10-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भो त अब?

सखारै उठ्न पर्नि, सुत्न खोजि रा'थिम्। अचानक बढढढढढढमममममममम् आवाज आयो बाहिरऽट। हो न हो बम नै पड्के जस्तो!

झ्यालऽट हेरेको, मेरिबास्सै! मेरो घरको एक ब्लक मत्र पर Manhole पड्केछ। कुन अभागिको मटर थियो ठ्याक्कै मास्तिर, ह्वार ह्वार्ति जलेछ। दुईटा मटर।

तर यो देशको व्यवस्थापनलाई मान्नै पर्छ। 911 फुन गर्न फुन उठा'को मत्र के थिम्, २-३ मिनेट नि भा'को थिएन होला, ओईरिए ४-५टा दमकल। कोहि अरुले फुन गरि सकेथे होलान्।

कठै बिचराहुरको मटर। मटरको आत्माले शान्ति पाओस्, मालिकलाई अशान्ति भए नि।

लु, अब त सुतम् क्यारे।
 
Posted on 07-10-07 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेहोशिको पल पलमा होशको ठुलो माया लाग्यो
जिन्दगी केलाउँदा साथ बस एक छाया लाग्यो

छुच्चो भावना संगै मंगलबारे थकित रात्रिकालिन जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 07-10-07 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्नु रमाइलो अरेछन गाम्लेले!

कोइ छैनन होला के रे एतिबेला त??? के हुन्थे!
 
Posted on 07-10-07 10:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सप्पैलाइ मंगलबारे थकित रात्रिकालिन जदौ!
 
Posted on 07-11-07 12:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि सप्पैलाइ मंगलबारे थकित रात्रिकालिन जदौ!
कोइ छैनन होला के रे एतिबेला त??? के हुन्थे! क्यार्नी हो खै ।
लु, अब त सुतम्

सुतम् कालिन जदौ!
 
Posted on 07-11-07 7:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

k cha gaamle sathiharu taaaaaaaaaaaaaaaaaaaaaaaaaa?
 
Posted on 07-11-07 7:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ, कोई पनी आ छैनन्, खुरसानी चपा'र । ठुली र म मात्रै? ३-४ दिन् भा'थ्यो चौतारी च्याउन नपा'को । बिहानदेखि हांसेर Rotfl नै भो, खुरसानी चपा'र । भऊते (राम्ररी भौते कसरी लेखने?)ले दामी टुक्का बनाएछ। अर्को पटकको चौतारीमा टुप्पोमै राख्नु पर्छ है, खुरसानी चपा'र । अर्को एक दुई चोटीलाई पनि पुग्ने भो । मलाई त सारै घत् पर्यो । मलाई त ३,४,७,११,१६ र २० ले ज्यादै छोयो । हन कसरी जान्या हो लेख्न त्यस्तो, मानें बा, खुरसानी चपा'र ।

ठुली, आज च्या मा चोपेर के खायौ त? चित्रे, हरि, ग्वांचे, ठुल्दाई, दुर्गे दिदि (हो कि भाउजु), चने, भौते, बिर्खे, ठुली, मास्टर्नी मैयाँ, (को को, को को) सबैलाई बिर्खे माईलाको बुधबारे सुप्रभात् कालीन जदौ, खुरसानी चपा'र ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Another Song Playing In My Mind
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters