CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 225747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-12-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) नमस्ते !
मैले नि अनुमान अरेकिम के तर त्या लेकेर पठाम्छु भन्दा भन्दै छोरीको फटु नै राखिसकेछिन प्रितिले

'लु लु लु छोरीले ठुल्मामू लै नै हेरिराछिन । :) आर्ना तिमीलाइ के पठाइदिम बाबा? ':)
 
Posted on 07-12-07 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो सान्नानी, थ्याङ्कु है। कस्तो स्वीऽऽऽऽऽऽऽऽऽऽऽऽऽट!! कस्तो दँग परेर पोज दिएर हेरेकिन नि क्यामरा तिर, बानी त ठ्याक्कै आमा तिर गाको जस्तो छ ल !! गिफ्ट चैं ग्वाँचेले भन्या जस्तो लाग्यो लाग्यो गर्नुपरो।

लु अब चैं काम गरेओ जस्तो गर्नु परो, फुर्सताँ आम्ला
 
Posted on 07-12-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Soooooooooo cute.
 
Posted on 07-12-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानि –
“ हेलो, ….हेलो…?”

बिर्खै –
“हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…”

सान्नानि-
“ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा”

बिर्खै-
“हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss)

सान्नानि-
“ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा”

बिर्खै-
“ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...”

सान्नानि-
“यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको?

बिर्खे –
“हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?”

सान्नानि-
“ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?”

बिर्खे-
“ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?”

सान्नानि-
(“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?”

बिर्खे-
“ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!”

सान्नानि-
(“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?”

बिर्खै-
“ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??”

सान्नानि-
“ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?”

बिर्खै-
“ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?”

सान्नानि-
( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ”

बिर्खे-
“ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेओ रिडियाँ सुनिन्छ रे?”

सान्नानि-
“ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“

बिर्खै –
“ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढि खेत अर्देऊ त बा?”

सान्नानि-
“ डेढि खेत रे?”

बिर्खे –
“ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढि खेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?”

सान्नानि-
“ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह”

बिर्खै-
“ हो हो तेइ डेढि खेत अर्देउ त बा!”

सान्नानि-
“ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?”

बिर्खै-
“ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!”

सान्नानि-
“ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्”

( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….)

बिर्खे –
“ साँच्चि एउडा कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!





 
Posted on 07-12-07 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ अहिले मुख हेर्नु परो । दक्षिणा चाँही दसैं मा दिम्ला है । लौ नमस्ते अर्न भुलेचु । मेरो पनि फर्माइसी छ है ठीकाना चाँही तल्लो गाम बाट भने हुन्छ । फुन त लाम्दै लाम्दैन
 
Posted on 07-12-07 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thuli, gwachu, hari ani miss di thanks.

jimmaal ba haha kati hasauna sakne budha manchhe bhaera ni ke. ani tyo on air mero pardafash gardeko?? chhoti chhoti moti moti re LOL.

parwate, birale hajurharuko farmaish ali dhila aaechha kya aba arko patak ko prasharan ma haldimla hai. thanks
 
Posted on 07-12-07 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तारेमाम् है। गाम्ले सबै लाई जदौ!
नानीहरु भगवानको रुप भन्छन्, त्यसैले धूप बालेको छु।
निश्चल निस्पाप सान्नानीकै अर्को स्वरुप देखेको छु।
 
Posted on 07-12-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-12-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् जिम्माल् बा!
फर्माइस् कार्यक्रम दामि गयो नि, निशेको भाषामा हर्‍रामी गयो नि। तारेमाम्!
 
Posted on 07-12-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् ठुल्दाई!

निद्रा ला'र क्यारुम क्यारुम भओ गाँठे!

 
Posted on 07-12-07 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

birkhe dai janus sutna kursi muni kasaile ni dekhdainan.
 
Posted on 07-12-07 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmal ba matra jhaina sabai suti sake jasto chha. radio pani banda bhayo. pahile pahile radio nepal 11:00 to 1:00 banda hunthyo ni tyastai hola
 
Posted on 07-12-07 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर मामा बुडाको ताल, रेडुमा के के फुकेछन। यस्तै गर्चन भनेर मैले फुन नलाईदेको, काँ बाट भउतेलाई भेट्टाएचन।

लिल, रोटफल!!
 
Posted on 07-12-07 1:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै ठुलि हाउँरो कुर्सि त सानो छ त्यसको मुनि म अट्दिन क्यार्नु !

हाहाहाहा होला होला पर्वते अनि १ बजे पछि सुरुमा समाचार अनि महिला कार्यक्रम होला! :)
 
Posted on 07-12-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरु!!!!!!!!!
निकै रमाइलो पो गर्दै रछन त!

सान्नानि छोरि त कति चिटिक्क परेकि पुतलि जस्तै
कति मैनाकि भेन ?
 
Posted on 07-12-07 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! हाम्री भान्जीको फोटो! ल हेर कत्ति राम्री!! सान्नानी, धन्यवाद छ है भान्जीको फोटो राखेकोमा!

ठुली, पर्बते, मिस, राहुलदाई, नेप्ची भाउजु, चना ब्रो, दुर्गेसोरी जी, हरितालिके, जिम्माल बा, ग्वाँचे ब्रो, कपिक्याट अनि मलाई सोझो कुम्ले भनेर चिन्ने सबैजनालाई दुई हात जोडेर नमस्ते!!

:-)
 
Posted on 07-12-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारि फर्माइस् गीतको कार्यक्रम देखेर, हाम्रो जमानाको रेडियो नेपालको फर्माइस गीतको कार्यक्रम् याद आयो। पर्बेतेले भन्या जस्तै दिउसो १ बजे रेडियो पुन: प्रशारण हुन्थ्यो। सबै भन्दा पहिला, महिला कार्यक्रम। त्यसपछि फर्माइस गीतको कारय्करम् हुन्थ्यो ।साढे २ बजे समचार। त्यो १ घण्टे फर्माइस गीतको कार्यक्रम बडो ध्यान दिएर सुन्थेम। ५ हो कि ६ कक्षा पढ्दा चिठ्ठी लेख्ने तरिका सिक्यौं र फर्माइस गीतमा फर्माइस् गरेर पत्र लेखें। अनि त्यसपछि आफ्नो नाम् रेडियो ले फुकला र सुन्ला भनेर चान्स पायो भने रेडियो सुन्थे। स्कूलको हाफट्याम रेडियो सुनेरै बित्थ्यो।
संभवत आएन मेरो फर्माइस्। एक् जना काका पर्ने हुनुहुन्थ्यो( हाल् वहाँ माथितिर् गै सक्नु भा छ), उहाँको साथि रैछ, पान्डब सुनुवार्। उहांले सिर्फ नाम टिपाइ दिनु भए छ। हरेक गीतको फर्माइसमा "मरु टोल बाट, राहुल,ठुल्दाई, सानदाई, दाइ नै दाइ" बज्न थाल्यो। एक दिन हैन दुइ दिन हैन, महिना महिना दिन सम्म फर्माइसमा नाम आको छ आको छ। छिमेकि वरपरकाले जिस्काउन थाले, क्या हो काम छैन, फर्माइस पठाउदै बस्छस कि क्या हो भनेर। फेरि त्यो काकालाइ भनेर ( इरेजर दिएर) त्यो हाम्रो नाम मेट्न लगाइ दियौं। त्यसपछि जिन्दगिमा आफ्नो नाम् बजेन, आफ्नो नाम पढेन।
 
Posted on 07-12-07 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा जिम्माल बाको फुनमा गरेओ कुरो नि सुनियो! लोल! बिचरी सान्नानीलाई हेर कस्तो अफ्ठेरो परेको!! हा हा हा!! अत्ति!!
 
Posted on 07-12-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेडियो को कुरा गर्दा मैले त्यतिबेला रेडियो नेपाल मा बज्ने सबै कार्यक्रम को ठेगाना टिपेर एउटा डायरी नै बनाएको थिए ।
कार्यक्रम को नाम्
पोस्ट बक्स् न्ं ११३४
सिंहदरबार
काठमाडौं
नेपाल

अब चौतारी को ठीकाना चाँही माथि अनुसार (खोइ खोजेको भेटिएन? के हो जिम्माल बा?)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters