CaMoFLaGeD
Replies to this thread:

More by CaMoFLaGeD
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-६२~~

[Please view other pages to see the rest of the postings. Total posts: 633]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 225942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 07-09-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

चौतारी-६२


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी - भाग ६२ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ६२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 62 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

.गोताएँ दाइको ब्लग
. चौतारी ताररम्पम अन्तरबार्तामा राहुल दाई अनि मिसको सान्दार अन्तरबार्ता, अरु अन्तरबार्ता आउने क्रममा
. पून्टे दाई एलाईन्स फर डेमोक्र्यासी एन्ड ह्युमन राइट्स इन नेपालको अध्यक्ष पदमा अत्याधिक बहुमतले बिजयी, चौतारीमा बिजय जुलुस


माछाको सुकुटि बनाउने र पकाउने तरिका :) -जिम्माल बा

सुकुटि बनाउने तरिका:

चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ।

१)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन।
२)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने।
३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने।
४)माछालाई चपिङ बोर्डमा राख्ने।
५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ।
६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने।
७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने।
८)माछाको कान झिकेर फाल्ने।
९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने।
१०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ।
११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ।
१२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२।
१३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने।
१४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने।

सुकुटि पकाउने तरिका:

१)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने।
२) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने।
३) कराहिमा तोरिको तेल तताउने।
४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने।
५) एकछिन चलाउने।
६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ।
७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने।
८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने।
९) एक पाउन्ड जति गोलभेँडा काट्ने।
१०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने।
११) कराहिमा तोरिको तेल तताउने।
१२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने।
१३) नुन हाल्ने।
१४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने।
१५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने।
१६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने।
१७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने।
१८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।



 
Posted on 07-11-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sabai jana kata mare aaj
 
Posted on 07-11-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् गाम्लेहरु, के छ ताअाअाअाआ?
ठुली चिया खायौ? सुमनज्यु एका बिहानै?
 
Posted on 07-11-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार है,

ठुली, सुमने, ठुल्दाइ क्यार्दै हो?
 
Posted on 07-11-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्दै हुनु नि, बिहान अल्छि उठियो, बल्छि बोकियो। तारेमाम्।
 
Posted on 07-11-07 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा मैले चिया पिए। आज मैले चिया म त्यो हिजो यामु ले ल्याइदेको तितौरा चोपेर खाको।हजुर ले खानु भो

हरी हिरो के छ?
 
Posted on 07-11-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssई, के छ, सँचै?
 
Posted on 07-11-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ, सँचै?

 
Posted on 07-11-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले दादु हजुरको के छ?
 
Posted on 07-11-07 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाsssssssssssई, के छ, सँचै?
 
Posted on 07-11-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिला नमस्ते अरम । के छ खोइ नयाँ खबर ? सप्पै बासी छन तो ।
 
Posted on 07-11-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते
राहुलदा् ठुली प्रिति हरि सुमन ग्वाँचे पर्वत कुम्ले सप्पै लै जो निको आराम होला के रे :)

माथिओ फुटाहुर राउरो लाग्यो


प्रिती, के छ त ? निकै ब्यस्त छौ होलि :)

सुमनबाउ चौतारिको टुप्पआँ लेक्या छ नि नाम तेहि बाट चयन अर्नु पर्यो है भन्छु ।

पर्वतजी ,त्यो किताप मा इउलिस शब्द राखेर नेपाली अर्थ खोज्नि अरेकिम मैले त बरु यो मा पुनि राउरो छ । उसो त मलै नि तेति बडो आम्दिन भन्छुर :)
- ठूली target=_blank>http://dsal.uchicago.edu/dictionaries/turner/
ठूली
तिमी पनि हेर है
 
Posted on 07-11-07 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

हमको लरकि धोका दियो-

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ
उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ
भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने
मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो
फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो
यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ
एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर
हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर
लरकि आवने टेम जति नजदिग आवनेको लग्यो
एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो
बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो
खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो
दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो
माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर
अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर
भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन
एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन
हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

जे राम जि कि।
 
Posted on 07-11-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
उप्स्!!!!
 
Posted on 07-11-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त्यो किताप त सार्है 'एड्भान्स्ड्' रैच । कहाँ बचन खोज्नु पर्‍यो भने bacan हान्नु पर्ने । के के जाती भन्ते १५ बर्ष पहिला इउलिश का माने घोक्ता मास्टर ले तेही लेख्न पर्नी रच
 
Posted on 07-11-07 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे शुभ् जी, शुभ् शुभ् बोल्नुहोस हुजुर। उप्स करिलिनुहुन्छ टेम वेम मिलाएर कर्नुस, सला उ जो छ कन्फुजन हुन्छ 'उप्स' सुनेर। सोचेँ केहि बातमा सानो मिस्टेक भयो होला हुजुरको, हेरेँ कोहि मिस्टेक छेन। बेकार मे 'उप्स' ले घुमाएर सला लट्टु जैसन।
जे राम जि कि।
 
Posted on 07-11-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks shubha di

je sita ji ki madanwaa bhaiyaa
 
Posted on 07-11-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा मदनबा वा
हामि त झस्काइ लिएछ
 
Posted on 07-11-07 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सानो छैन रेलमा छढि सुइकन बेर छैन
बिरानो छैन तरुनीसँगै नाचन बेर छैन
बुधवारे जदौ यो बिर्खे माइलाको
 
Posted on 07-11-07 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe myaad bhaiya, timi kina late karechha ta nepal jana? bahute larki milechha janakpuriyame, jaldi karo fir sab larki dusarka larkake sath shadi rachai linchha.

ani shubha di ke ko oops ,,,,,,,ani thuli ke ko thanks?
 
Posted on 07-11-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा, बहुत बुरा भएछ। बात यो छ कि, तिमि खालि जे राम जि कि करके लड्की खोज्छ। रामजी कहाँ से लड्की मिलाईदिन्छ तिमीलाई। कमसेकम किसन भगवानको बोलाउ, उ लडकिओंको बहुत फेमस छ। दो चार लड्की त आरामसे मिलाईदिन्छ तिम्लाई।

जय किसन!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters